धनगढी - कैलालीमा डेंगु रोगबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अभियान चलाएको जनाएको छ।
स्वास्थ्य कार्यालय कैलालीले जिल्लाका बिभिन्न क्षेत्रमा अभियानकै रुपमा डेंगु रोगबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाएको प्रमुख लाल बहादुर धामीले बताए ।
पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाउन आवश्यक रहेको उनको भनाई छ।
उनले सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुले प्रत्येक शुक्रबार कार्यालय खोल्ने समयमा दश मिनेट कार्यालय वरीपरी लामखुट्टे बस्ने स्थानहरु खुल्ला भाँडामा जम्मा भएको सफा पानी, गमलामा भएको पानी घोप्ट्याएर लार्भाको वृद्धी विकास रोक्नुपर्ने बताए ।
लार्भाको वृद्धि विकास रोकेमा मात्रै डेंगु नियन्त्रण हुने बताउदै उनले सबैले आ आफ्नो क्षेत्रबाट लार्भाको वृद्धि विकास रोकेर डेंगु नियन्त्रणमा प्रयास गर्नुपर्ने बताए ।
लार्भा नष्ट गर्नका लागी विषादी छर्किने काम गरीरहेको उनको भनाई छ । कैलालीको धनगढीका बिभिन्न क्षेत्र, फुलबारी क्षेत्र, गोदावरी नगरपालीका, पथरैया, लगायतका क्षेत्रमा अभियान जारी रहेको बताए ।
यस्तै कैलालीको गोदावरी नगरपालीकाको स्वास्थ्य शाखाले वडा नम्बर ८ मा रहेको स्याउले सहरी स्वास्थ्य केन्द्र मजगाँउबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान आजबाट सुरु गरेको छ ।
स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले पछिल्लो समय डेंगु रोग देशभरमै महामारीकै रुपमा देखिने संकेत देखिएको र गोदावरी नगरपालीकामा पनि ६ जनामा डेंगु रोगको संक्रमण देखिएकाले नगरपालीकाले उक्त अभियानको सुरुवात गरेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए।