धनगढी -सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह हेल्प फर ह्याप्पीनेसले वार्षिकोत्सवको पूर्व सन्ध्यामा निःशुल्क आँखा परिक्षण र न्यानो कपडा वितरण गरेको छ। चौथो वार्षिकोत्सवको पूर्व सन्ध्यामा हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले धनगढीको आमाको माया छात्रबासमा आश्रीत बेसाहरा छात्रहरुलाई न्योनो कपडा वितरण गरेको हो।
छात्रबासमा आश्रीत ३२ जना बालक तथा युवालाई एक–एक जोर न्यानो लुगा (ट्रयाक सुट) वितरण गरिएको हो। यस्तै वार्षिकोत्सवको पूर्व सन्ध्यामै निःशुल्क आँखा परिक्षण समेत गरिएको छ। न्यानो कपडा वितरण र निःशुल्क आँखा परिक्षण कार्यक्रममा बोल्दै हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले खुसी नपुगेको ठाउँमा खुसी पु¥याउन गठन गरिएको समूहले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको बताए।
उनले सोही उद्देश्य अनुसार चिसो मौसमलाई मध्यनजर गरी वार्षिकोत्सवको पूर्व सन्ध्यामा आमाको माया छात्रबासमा न्यानो कपडा वितरण गरिएको बताए। यस्तै आपतकालीन असहाय कोषका सदस्य समेत रहेका नेत्र चिकित्सक युवराज जोशीले अगामी दिनमा छात्रबासमा आश्रीत वेसाहराहरुको निःशुल्क आँखा परिक्षण र औषधी वितरण गरिने घोषणा गरे। कार्यक्रममा आमाको माया छात्रबास सञ्चालक समितिकी उपाध्यक्ष शारदा शाहले हेल्प फर ह्याप्पीनेस समूहलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरिन्।
ह्याप्पीनेसले सञ्चालन गरेको आपतकालीन असहाय सहयोग कोषमा आवद्ध ५१ सदस्यबाट जनही तीन सय ५० का दरले रकम संकलन गर्दै छात्रबासलाई न्यानो कपडा वितरण गरिएको हो। २०७२ कात्तिक ११ मा सामाजिक कार्य गर्ने उद्देश्यले हेल्प फर ह्याप्पीनेसको स्थापना भएको थियो। अहिले कैलाली सहित पोखरा, चितवन, नवलपरासी, काठमाडौँ, रुपन्देही लगायतका जिल्लामा हेल्प फर ह्याप्पीनेस त्रियाशिल रहेको छ भने सुदूरपश्चिममा प्रदेश स्तरीय कमिटी गठन गरिएको छ।
कैलालीमा ह्पाप्पीनेसले आपतकालीन असहाय सहयोग कोष सञ्चालन गर्दै सदस्यहरुबाट मासिक रकम जम्मा गर्दै आएको छ। उक्त रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिदै आएको छ। सहयोग कोषमा जम्मा हुने रकमबाट रक्तदान, राहात सहयोग संकलन, वेवारिसे अवस्थामा भेटिने व्यक्तिलाई उद्दार गरी सम्बन्धीत निकाय सम्म पु¥याउदा लाग्ने खर्च, आकस्मीक दुर्घटनामा सहयोग गर्ने, वेवारिसे अवस्थामा अस्वस्थ भेटिने छाडा पशु चौपायाको औषधी उपचार लगायतका सामाजिक कार्य सञ्चालन गर्दा खर्च व्यवस्थापन गरिदै आएको संस्थाले जनाएको छ। यसैबिच आमाको माया छात्रबासमै आपतकालीन असहाय सहयोग कोषका सदस्य सन्तोश शाहीको जन्म दिन समेत मनाईएको छ। आश्रममा आश्रीत वेसाहराबाट शुभकामना ग्रहण गर्दै शाहीको जन्म दिन मनाईएको हो।