कैलाली -प्लानेट ग्रिन नेपालको हरियाली अभियानले तिब्रता पाएको छ । प्लानेट भिटी अत्तरिया क्षेत्रमा तालिम दिने एक अग्रणी शैक्षिक संस्था हो । यसका सन्चालक पुस्कर शर्मा जाेशी हुन । उनले नै वृक्षारोपण कार्यक्रमलाई संस्थागत बनाउने उदेश्यले प्लानेट ग्रिन नेपाल दर्ता गरेका थिए । जोशीले बिभिन्न सामाजिक कार्यमा पनि सहकार्य गर्दै आएका छन ।
बिशेषत जोशीले वृक्षारोपणलाई आफ्नो अभियानमा केन्द्रित गरेका छन । सामाजिक सन्जालमा पनि सकृय रहने जोशीले बिगत एक बर्ष यता गोदावरी नगरपालिका भित्र पर्ने ६ लेन सडक खण्डमा समेत वृक्षारोपण कार्यक्रमको गरेका हुन। उक्त अभियानमा पनि बिभिन्न संघ संस्थाको सहकार्य रहेको संस्थाका सचिब हेमन्त अबस्थीले बताए ।
उनले ६ लेन सडक खण्डमा वृक्षारोपण गरिएका बिरुवाहरु अहिले हुर्किने चरणमा रहेको बताए । यती ठुलो मानब र प्रकृति संग सरोकार राख्ने अझ नगरलाई हरियाली बनाउने अभियानमा भने स्थानिय सरकारको सामान्य पनि सहयोग नहुँदा आफुहरुलाई दु:ख लागेको अबस्थीको भनाई रहेको छ ।
सोही संस्थाको अगुवाईमा शनिबार गोदावरी नगरपालिका वडा नम्बर ४ बुढितोलाको सेती सामुदायिक वनमा वृक्षारोपण गरिएको हो । ज्याकरान्डा,गुलमोहर,बेगमबली,असारे,मुसुन्डा,कल्की लगायतका करिब एक हजार बिरुवा रोपीएको हो ।कार्यक्रममा अभिनेत्री तथा एलिजा फाउन्डेसनकि केन्द्रीय अध्यक्ष एलिजा गाैतमसंगै बृहत जन सहभागिता रहेको थियो ।
सामुदायिक वनमा करिब १ हजार विरुवा रोपिएको प्लानेट ग्रीन नेपालका अध्यक्ष पुस्कर शर्मा जाेशीले बताईएका छन । कार्यक्रममा शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, प्लानेट मन्टेश्वरी, लाईन्स क्लब अफ अत्तरिया सिटि, एभरेष्ट एकेडेमी, थ्रिडिभिएल क्रियसन ले सहकार्य गरेका छन । यस्तै बालग्रिस ट्रेडिङस प्रालिले व्यवस्थापन गरेको छ ।