धनगढी-कैलाली निर्वाचन क्षेत्र ४ बाट निर्वाचित प्रदेश सभा सदस्य प्रकाश बमले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटले अत्तरीया बाट राजधानी सार्न भुमिका खेलेको आरोप लगाएका छन् ।
विहिबार प्रदेश सरकारले ल्याएको बजेट माथि छलफलको क्रममा बोल्दै सांसद बमले रातो कितावमा धनगढी मै मन्त्रालयहरु स्थापीत गर्न विभिन्न शिर्षक राखेर करोडौं बजेट विनियोजन गरेको बताए ।
उनले भने–'रातो कितावमा अहिले मन्त्रालय रहेका ठाउँमा निर्देशनालय, अन्य केके मर्मत सम्भार भनेर बजेट राखीएको छ, । त्यो बजेटले राजधानि तोकीएको ठाउँमा संरचना बनाउन सकिन्छ । विभिन्न बाहनामा बजेट धनगढी केन्द्रीत गरीयो । दुई तिहाइको बहुमतले राजधानी तोकेको अत्तरीया क्षेत्रलाई बेवास्ता गरीएको छ । यो हामिलाई मान्य हुँदैन।'
बमले आफ्नो निर्वाचन क्षेत्रका लागि सिफारिस गरेका एउटा पनि योजना नपरेको तर १७ योजना कसरी र कहाँबाट हालियो भन्दै प्रश्न समेत गरेका छन् । बमले सरकारले आफ्नो निर्वाचन क्षेत्रमा चिडियाखाना बनाउन बजेट विनियोजन गरेकोलाई भने व्यांग्यात्मक रुपले प्रस्तुत गरे । उनले उक्त चिडियाखानामा आफूलाई राख्न माग पनि गरे । ‘
चिडियाखाना आवश्यक छ । चिडियाखानामा अनौठो जनावर राखिन्छ । दुर दराजबाट मानिस हेर्न आउँछन्, म जस्तो सांसदलाई पनि चिडियाखानाभित्र राख्नुपर्छ,’ बमले भने, ‘जो सांसदमा निर्वाचित भएर पनि एउटा योजना हाल्न सक्दैन। वडा, नगरपालिका र गाउँपालिकामा प्रवेश निषेध गरिएको छ । त्यस्तो सांसद कुन देशमा होला ? त्यसैले मलाई चिडियाखानाभित्र राख्नुस् ।’