अत्तरिया - अत्तरिया उधोग बाणिज्य संघ को अध्यक्षमा मिना देउबा २४ मतले पराजित भएकी छन् ।उनी अध्यक्षका उम्मेदवार कल्याण सिं बोहरा संग पराजित भएकी हुन । मिनाले ५७० मत पाइन् भने बोहरा ले ५९४ मत पाए । बोहरा अघिल्लो कार्य समितिमा बरिस्ठ उपाध्यक्ष रहेर काम गरिसकेका थिए । तर मिना कार्य समिति सदस्य मात्रै थिइन् । त्यो पनि उनलाई कार्य समितिले मनोनित गरेको थियो । बोहरा को अध्यक्ष मा तयारी भने एक बर्ष अघि देखि नै थियो ।
अध्यक्ष बन्न कै लागि बोहराले झन्डै ५ सय सदस्यता नवीकरण गर्ने देखि सदस्यता बनाउने सम्म को कार्य गरेका थिए । तर मिना अध्यक्ष बन्ने कुनै चर्चा नै थिएन । मिनाले शुरुमा बोहरा टिम मै कोषाध्यक्ष मागेकी थिइन् । उनलाई उक्त टिमले कोषाध्यक्ष दिने त कुनै थिएन रेसपोन्स समेत गरेको थिएन । त्यसपछि मिनाले अर्को टिम को तयारी गर्ने छलफल अगाडी बढाईन ।
काँग्रेस नेता उत्तम कठायत , वीर बहादुर चोखाल , जय राज फुलारा र टीका दत्त जोशी लगाएतका नेताहरुले दल बहादुर बोगटीलाई बरिस्ठ उम्मेदवार अगाडि सारेर जाने गरि अर्को टिम को तयारी शुरु गरे । त्यसमा एमालेका गोकर्ण भट्ट , हरि सिँ सावँद र माओवादी का धर्म कुँवर , बिक्रम बिक लगाएतले साथ दिए ।
बिधान अनुसार मिना मात्रै उक्त टिम बाट अध्यक्ष बन्ने स्थिती बन्यो । त्यसपछि मिनाको नेतृत्व मा टिम देउबा प्रचार प्रसार मा हिँड्यो । मिना प्रती व्यावसायीहरु को झुकाब निकै देखियो । खासगरी नेतृत्व परिबर्तन को मुद्दा प्रचार को क्रममा बलियो गरि स्थापित भयो । बिगत को कार्य समिति प्रती अधिकाँस ब्यबसायीहरु रुष्ट थिए जसको परिणाम मिनाले ल्याएको मत निकै बढी भएको ब्यबसायीहरुले बताएका छन् ।
चुनाव को मत परिणाम बाहिर आएपछि पनि ब्यबसायीहरुले मिनाको नैतिक जित भएको बताएका छन् । मिनाको हार को पछाडि को अर्को कारण भनेको बोहरा टिमले बनाएका झन्डै ७० देखि ८० मतको सम्पर्कमा उनी पुग्न सकिनन् । ती मत को सम्पर्क नम्बर समेत देउबा समुहले पाउन सकेको थिएन ।
मिना र बोहरा दुबै काँग्रेस निकट ब्यवसायी हुन । देउबा हराउन संघ का दुई पुर्ब अध्यक्ष वसन्त रोकाया र अशोकराज देबकोटा खुलेर नै लागेका थिए । गोदावरी का मेयर बिरेन्द्र भट्टले पनि बोहरालाई नै समर्थन गरेका थिए। यद्यपि गणितमा मिना हारेपनी व्यावसायिहरु को मन भने जितेको स्वयं ब्यव्सायीहरुले बताएका छन् ।