अत्तरिया -कैलालीको अत्तरिया उधोग बाणिज्य संघको नंया नेतृत्व चयन को लागि भएको निर्बाचन को मतगणना सकिएको छ । गए राती देखी अत्तरियाको प्रतिभा पुस्तकालयमा मत गणना भईरहेको थियो । प्राप्त मत परिणाम अनुसार अध्यक्षमा कल्याण सिं बोहरा ५९४ मत पाएर निर्बाचित भएका छन । उनका निकटतम प्रतिस्पर्धी मिना देबी देउबाले ५७० मत ल्याएकी छन् ।
यस्तै अध्यक्ष कै अर्का उम्मेदवार कबिराज भट्टले ७३ मत मात्रै पाएका छन । बरिस्ठ उपाध्यक्षमा देउबा प्यानलका दल बहादुर खड्का ७११ मत पाएर निर्बाचित भएका छन । बोहरा प्यानलका बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवारी यज्ञराज जोशीले ५३२ मत मात्रै पाए । यस्तै बाणिज्य उपाध्यक्ष पदमा देउबा प्यानलका फागुराम चौधरी ६५२ मत पाएर निर्बाचित भएका छन भने बोहरा प्यानलका देबराज भट्ट ५८२ मत पाएर पराजित भएका छन ।
बस्तुगत उपाध्यक्षमा बोहरा प्यानलका चेतराज पन्त ६४४ मत पाएर निर्बाचित भएका छन । उनका निकटतम प्रतिस्पर्धी देउबा प्यानलका लक्ष्मण धामीले ५७५ मत मात्रै पाए ।
महासचिबमा देउबा प्यानलका अर्जुन बहादुर खड्का ३२ मतले पराजित भएका छन । महासचिबमा बोहरा प्यानलका शंकर बहादुर खड्काले ६२८ मत पाउँदा अर्जुनले ५९६ मत मात्रै पाए ।
कोषाध्यक्ष पदमा बोहरा प्यानलका हेमराज भण्डारीले ६२६ मत पाएर निर्बाचित भएका छन । सोही पदमा देउबा प्यानलका दिपकराज भट्टले ५९६ मत मात्रै पाए ।
सचिबमा बोहरा प्यानलका दिलिप कुमार साउंदले ६९५ मत पाएर निर्बाचित भएका छन । उनका निकटतम प्रतिस्पर्धी देउबा प्यानलका हर्क बहादुर बिकले ४९९ मत मात्रै पाए ।
कार्यसमिती सदस्यमा बोहरा प्यानलका ३ जना र देउबा प्यानलका १ जना निर्बाचित भएका छन । बोहरा प्यानलबाट रमेश भट्टराई , बमबहादुर बोगटी, ज्ञानेन्द्र खड्का र देउबा प्यानलबाट बालकृष्ण ओझा निर्बाचित भएका छन ।
यो सँगै पदाधिकारीमा देउबा प्यानलबाट बरिस्ट उपाध्यक्ष र बाणिज्य उपाध्यक्ष निर्बाचित भएका छन भने बोहरा प्यानलबाट अध्यक्ष सहित बस्तुगत उपाध्यक्ष, महासचिब, कोषाध्यक्ष र सचिब निर्बाचित भएका छन ।