अत्तरिया - कैलालीको अत्तरिया उधोग बाणिज्य संघ को निर्बाचन २३ गते हुँदै छ । निर्बाचनले २३ गते नंया नेतृत्व चयन गर्ने छ ।
अध्यक्ष मा कल्याण सिं बोहरा , मिना देउबा र कबिराज भट्ट चुनावी मैदान मा छ्न । तिनै जना बिगत को कार्य समिति मा रहेर काम गरेका ब्यक्ति हुन । बोहरा र देउबा प्यानल सहित मैदानमा छन् भने भट्टले अध्यक्षमा मात्रै उम्मेदवारी दिएका छन् ।
२०७५ को निर्बाचन मा तिनै जना एउटै टिममा थिए। देउबालाई पछि कार्य समितिले मनोनित गरेको हो । चुनावी कार्यक्रम शुरु हुनु अघि पनि देउबा संस्थापन टिम मै बस्न चाहेकी थिइन् ।
उनले कोषाध्यक्ष पद मागेकी थिइन् । तर उनलाई उक्त टिम ले कोषाध्यक्ष दिन मानेन् । अधिबेशन को पहिलो पटक जेठ २५ गते मिती घोषणा हुने बेला कार्य समिति कै उपाध्यक्ष कमल कडायत र वरिष्ठ उपाध्यक्ष कल्याण सिँ बोहरा अध्यक्षका दाबेदार थिए। पार्टी को दबाब मा कमल ब्याक भएपछि बोहरा मात्रै अध्यक्ष का दाबेदार थिए ।
तर उधोग बाणिज्य संघको दोस्रो मिती घोषणा भएपछि उदघाटन सत्र सम्म आईपुग्दा परिस्थिति फेरियो । त्यसपछि अध्यक्ष बिना को अर्को टिम घोषणा भयो । जसको बरिस्ठ उपाध्यक्ष दलबहादुर खडका बने महासचिव अर्जुन खड्का बने । मिना उक्त टिम मा कोषाध्यक्ष नै बनिन् ।
उक्त टिमले पनि बोहरालाई नै अध्यक्ष मानेर अरु पदमा चुनाव लडने निर्णय गर्यो । तर कल्याण सिँ बोहरा अर्को टिममा खुलेपछि अध्यक्षमा संघ को बिधान अनुसार मिना देउबा को इन्ट्री भयो । अहिले उनी चुनावी प्रचार मा छन् ।
संघ को नेतृत्वमा पहिलो पटक महिला उम्मेदवार भएर पनि उनी उत्साही बनेकी छन् । पुर्ख्यौली घर डडेलधुरा भएकी देउवा काँग्रेस निकट ब्यबसायी हुन । गेटामा उनको ब्यबसाय छ ।
काँग्रेस प्रदेश सांस्द प्रकाश बम ले बोहरा टिम को घोषणा सभामा मिना काँग्रेस नै नभएको टिप्पणी गरेपछि उनी थप आक्रोशित बनेकी छन् ।
उनले भनिन्- "कांग्रेस को हो को होइन भन्ने कुरो सांसद ले भन्ने होइन बरु उहाँ आफ्नो गरिमा बिर्सेर एउटा पक्ष को घोषणा सभामा जानू भयो । अहिले उहाँको बोली को नै सबैतिर बिरोध छ । म र मेरो टिमलाई वरु सबै पार्टी को समर्थन छ । काँग्रेसका नगर सभापति देखि क्षेत्रीय सचिब सम्मले हामिलाई समर्थन गरेका छन् ।"
मिनाले संघ संस्था मा राजनीति नगरौ भन्ने पक्षमा आफू रहेको बताइन् ।
उनले थप भनिन् - "हिजो मेरै वडामा गएर एक जना संघ पुर्ब अध्यक्ष ले मिनाले काँग्रेस सिध्याउन लागिन , उनी काँग्रेस होइनन् , हाम्रा बरिस्ठ उम्मेदवार दलबहादुर माओवादी हुन , हाम्रो काँग्रेस को प्यानल हराउन लागिन भने छन् । एउटा महिला अझ कांग्रेस कै समर्थक लाई यसरी घेराबन्दी गर्ने कसरी काँग्रेस भए ? अब हार्ने डर भएर होलान् वडा वडामा गएर राजनीतिक कुरा गरेर व्यावसायिहरु लाई भडकाउन थालेका छन् तर ब्यबसायीहरु परिबर्तन को पक्षमा छ्न । सबैले बुझेका छन् । "
उनले आफुले जिते ब्यबसायी को हक हित मा काम गर्ने दाबी गरिन ।