अत्तरिया -कैलालीको अत्तरिया उधोग बाणिज्य संघको २३ गते हुने निर्बाचनमा कल्याण सिं बोहरा नेतृत्वको प्यानलले चुनाबी प्रचारलाई तिब्र पारेको छ । उक्त टिमले सबै वडाका मतदाता संग भोट मागिरहेको छ ।
उक्त टिममा बिगतमा काम गरेकाहरु संख्या उल्लेख्य रहेको छ । उक्त टिमले चुनाब जित्ने दाबी गरेको छ । अध्यक्षका उम्मेदवार बोहराले आफुहरुको टिम अनुभबी भएकाले निर्बाचनमा जित्ने दाबी गरे ।
उनले भने - 'निर्बाचनमा होमिएका छौं । सबैको राम्रै रेसपोन्स रहेको छ, बिगतमा हामीले संस्था बनाउन मिहेनत गरेकै हौ , कोरोना लकडाउन ,देशमा आएको आर्थिक मन्दी यि सबै कारणले पनि सोचे जस्तो काम गर्न सकेनौ । अब ब्यबसायिको हक हितमा काम गर्नेछौं।' बोहराले बिगतका गल्ती कमी कमजोरीबाट बाट थप सच्याएर अघि बढने जिकिर गरे ।'
उक्त टिमले संघको सदस्यता बढाउन पनि आफुहरुले मिहेनेत गरेकाले ब्यबसायीहरुले भोट दिनमा विश्वस्त रहेको बताएको छ । उक्त टिमको बरिस्ट उपाध्यक्षमा निबर्तमान महासचिब यज्ञराज जोशी चुनाबी मैदानमा रहेका छन । यस्तै उपाध्यक्षमा देबराज भट्ट,चेतराज पन्त रहेका छन । सोही टिमको महासचिबमा निबर्तमान सचिब शंकर खडका रहेका छन । यस्तै सचिबमा दिपिन कुमार साउँद र कोषाध्यक्षमा हेमराज भण्डारी रहेका छन ।
सोही टिमबाट सदस्यमा रमेश भट्टराई, ज्ञानेन्द्र खड्का, मनोज सदाशंकर र बम बहादुर बोगटी रहेका छन । संघका १५ सय ६३ मतदाता रहेका छन । उक्त टिमलाई जिताउन संघका दुई पूर्व अध्यक्ष बसन्त रोकाया र अशोकराज देबकोटा पनि प्रचार प्रसारमा संगै हिंडेका छन । रोकाया संघका संस्थापक अध्यक्ष पनि हुन ।
काँग्रेसका क्षेत्रिय सभापती समेत रहेका रोकायाले स्थानिय निकायको निर्बाचन, संघ र प्रदेशमा काँग्रेस निकट जन प्रतिनिधीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेकाले पनि संघको यो निर्बाचन पनि आफ्नो पक्षमा पार्न सफल हुने रणनितीमा रहेको बुझिएको छ । उनले वडा वडाका काँग्रेस निकट ब्यबसायी मतदाता सँग संपर्क बढाउन थालेका छन् ।