अत्तरिया - कैलाली को अत्तरिया उधोग बाणिज्य संघ मा नंया नेतृत्व को लागि २३ गते निर्बाचन हुँदै छ । दुई टिम प्यानल सहित मैदान मा उत्रिएका छन् ।
उनिहरुले प्रचार शुरु गरिसकेका छन् । कल्याण सिं बोहरा को नेतृत्वमा एउटा टिम बनेको छ भने मिना देउवा को नेतृत्वमा अर्को टिम बनेको छ । तर दुबै टिममा महिला को उपस्थिति भने कमजोर छ ।
बोहरा को टिममा त महिला को सहभागीता नै छैन । अर्को टिमको अध्यक्ष मिना देउवा स्वयं महिला हुन। यदपी उक्त टिममा पनि अरु महिला भने कुनै पदमा उम्मेदवार बनाइएको छैन ।
देश को मुल कानुनले नै हरेक क्षेत्रमा ३३ प्रतिशत महिला को सहभागीता शु - निश्चित गरेको भएपनी संघमा महिलालाई उम्मेदवार बनाउन अगुवा ब्यबसायीहरुले नै कन्जुस्याइँ गरेका छन् ।
अत्तरियाकि ब्यबसायी महिला कमला भट्टराई ले महिला को सहभागीता बिनाको कमिटी को कुनै अर्थ नहुने बताइन् । उनले भनिन् ,' यस्तो पनि हुन्छ यति धेरै महिलाहरु ब्यबसायमा छन् तर पनि कुनै टिमले नराख्नु दु:खद नै हो । महिला बिनाको कमिटी बनाएर कसरी काम हुन्छ ।"
संघ को बिधान मा महिला सहभागीता को कुरो कतै उल्लेख नै नभएकाले पनि महिला को खोजी नगरिएको हुन सक्ने ब्यबसायिकहरु को तर्क छ ।
संघका पुर्ब बरिस्ठ उपाध्यक्ष दुर्गा प्रसाईं ले बिधान मा नभए पनि महिला को सहभागीता गराउनु पर्ने बताए । उनले पहिलो आफ्नो कार्यकाल मा पनि एक जना महिला सदस्य रहेको स्मरण गराउँदै भने बिधान पनि संसोधन गर्नु पर्छ ।
यो बिधान पनि पुरानो हो समयानुकूल परिबर्तन गर्दै लैजानु पर्छ । संघमा १५ सय बढी भोटर रहेका छन् । उक्त संख्यामा महिला मतदाता को संख्या भने उल्लेख्य रहेको छ ।