अत्तरिया - सुदुरपश्चि प्रदेशको प्रमुख प्रबेशद्धार एबम् प्रदेको स्थायी राजधानीका लागि घोषणा गरिएको कैलालीको अत्तरिया बजारमा दिनप्रतिदिन सवारीको चाप बढ्दै गैरहेको छ । बजार क्षेत्रको विकास र बिस्तार संगसंगै बजार क्षेत्रमा सवारीको चाप पनि बढ्दै गैरहेको हो ।
बजार क्षेत्रमा प्रवेश गर्ने हुन वा बाहिरिने सवारी साधनहरु ब्यबस्थित नहुदा दुर्घटनाको जोखीम निकै बढेको छ । अत्तरिया बजारमा बसपार्क नहुदाको समयमा अत्तरियावाट सुदुरपश्चिमका पाहाडी जिल्ला तथा पुर्वी जिल्लाहरुमा बाहिरिने र भित्रिने सवारी साधनहरु सडकको छेउमा रोकिदै आवत जावत गर्ने गर्दथ्ये ।
यद्धपी अहिले अत्तरियामा ठुलो बस पार्क रहेको छ तर पनि अझै धेरै जसो सवारी साधनहरुको पार्किङ् स्थल सडकको छेउ छाउनै बनेको छ । हरेक दिन साझ अत्तरियावाट सुदुरपश्चिमका पाहाडी जिल्लाहरुमा जाने सवारी साधनहरु सडकको छेउमै ट्राफिक प्रहरीकै अगाढी लामबद्ध भएर राकिने गरेका छन् ।

बसपार्कबाट निस्किएपछि ट्राफिक चेकजाचका लागि रोकिने ति सवारी साधनहरु घण्टौ सम्म सडकको छेउमा रोकेर यात्रुहरु खोज्ने गर्दछन् । जसले गर्दा आफुहरुलाई हिडडुल गर्न र बाटो काट्न निकै कठिनाई हुने गरेको स्थानियहरुले गुनासो गरेका छन् ।
यस्तै पछिल्लो समय बजारमा अत्यधिक रुपमा भित्रिएका ३ पाङ्ग्रे अटोरिक्साको पार्किङ व्यवस्थित नहुदा सडक जोखिमपुर्ण बन्दै गएको छ । ट्राफिक प्रहरी र स्थानिय सरकारले बजारमा भित्रिएका अटोरिक्साहरुले ब्यबस्थित गर्न नसक्दा सडक अव्यवस्थित र जोखिमपुर्ण बन्दै गएको हो ।
अटोरिक्साहरु सडकको छेउछाउमा जथाभावी पार्किङ गर्ने गरेकोले अन्य सवारी साधनहरुका साथै सर्बसाधारणलाई आवतजावतमा कठिनाइ भैरहेको छ । अव्यवस्थित पार्किङले गर्दा बजारमा आवतजावत गर्न समस्या भैरहेको बताउदै एक जना स्थानिय रमेश साउदले यसको ब्यबस्थापनका लागि संम्बन्धित निकायले गम्भिर बन्नुपर्ने बताए ।
उनले पाहाडी जिल्ला र पुर्व जिल्लामा जाने गाडीहरु सडको छेउछाउमा रोके कारबाहि गर्नुपर्ने र अटोरिक्साका लागि एक निश्चित पार्किङ् स्थल बनाएमा समस्या समाधान हुने बताए ।

यसै बिषयमा सोमवार गोदावरी नगरपालिकाले ट्राफिक प्रहरीसंग छलफल गरेको छ । बजार क्षेत्रमा भित्रिने र बाहिरीने सवारीसाधानहरुलाई जथाभावि पाकिड् गर्न नदिई सुरक्षित तरिकाले कसरी गन्तब्य तर्फ पठाउन सकिन्छ भन्ने बारे छलफल गरिएको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले जानकारी दिए ।
यो समस्या एकै पटक समाधान हुदैन उनले भने – बिस्तारै ट्राफिक प्रहरी र आम सवारी चालकहरुले यस तर्फ ध्यान दिएर निरन्तरता दिएमा समस्याको समाधान हुदै जनेछ । ट्राफिक प्रहरीले आजदेखी नै बजार क्षेत्रमा हुने अब्यबस्थित पाकिड्लाई ब्यबस्थित गराउन टोली नै परिचालन गरेको उनले बताए ।