अत्तरिया -कैलालीको अत्तरिया उधोग बाणिज्य संघ को नयाँ नेतृत्वको लागि दुई टिम हुने निश्चित भएको छ। बर्तमान बरिस्ट उपाध्यक्ष कल्याण सिं बोहराले पनि भोली पत्रकार सम्मेलन गरेर आफ्नो टिम घोषणा गर्ने भएका छन ।
यस अघि बर्तमान कार्य समिती सदस्य मिना देउबा नेतृत्वको टिम घोषणा भईसकेको छ । बोहरा समुहबाट बरिस्ट उपाध्यक्षमा हालका महासचिब यज्ञराज जोशीको चर्चा रहेको छ भने महासचिबमा हालका सचिब शंकर खड्काको चर्चा रहेको छ ।
सोही समुहबाट उपाध्यक्ष मा देबराज भट्ट , चेतराज पन्त को उम्मेदवारी रहने पक्कापक्की रहेको छ । यस्तै सचिबमा दिपिन कुमार साउँद र कोषाध्यक्ष मा हेम भन्डारी को चर्चा रहेको छ । दुई टिम बने संगै चुनाबी चहलपहल पनि बढेको छ। संघको नेतृत्वलाई लिएर नेपाली काँग्रेस भित्र पनि दुई खेमा देखिएको छ ।
देउबा समुहलाई काँग्रेस नगर सभापती वीर बहादुर चोखाल ,क्षेत्रिय सचिब जयराज फुलारा , काँग्रेस नेता उत्तम कठायत र टिकादत्त जोशी लगाएतका नेताहरुको समर्थन रहेको छ ।
बोहरा समुहलाई भने क्षेत्रिय सभापती बसन्त रोकाया, नगर सचिब एबम हाल संघका अध्यक्ष रहेका अशोकराज देबकोटा,कांग्रेस नेता सुरत कार्की, पदमराज भट्ट को साथ रहने बुझिएको छ । काँग्रेसमा प्रभाब राख्ने नगरप्रमुख बिरेन्द्र भट्टको साथ पनि बोहरालाई नै रहेको छ।
अध्यक्षका दाबेदार देउबा र बोहरा दुबै काँग्रेस निकट ब्यबसायी हुन । उता नेकपा (एमाले), नेकपा (माओबादी), राप्रपा र रास्वपा को साथ भने देउबा समुहलाई रहेको छ ।
यहि असार २३ गते संघको निर्बाचन हुँदै छ । २ बर्षमा हुनुपर्ने अधिबेशन ५ बर्ष पछि हुन लागेको हो । संघका १५ सय बढि मतदाता रहेका छन ।