अत्तरिया - अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी टिम बनाउने कसरत जारी रहेको छ । केही दिन अघि दल बहादुर खड्का बरिष्ट उपाध्यक्ष रहने गरी प्यानल नै घोषणा गरिएको थियो ।
उक्त टिमले अध्यक्षमा हालका बरिष्ट उपाध्यक्ष कल्याण सिं बोहरालाई समर्थन गर्ने जनाएको थियो । तर बोहराले अहिले सम्म आफु कुनै टिममा आफु नरहेको बताएका छन । आज आफ्नो फेसबुकमा लेख्दै उनले भनेका छन,' 'आदरणिय उधोगी ब्यवसायी ज्युहरु,'अत्तरिया उधोग वाणिाज्य संघको हुन गइरहेको निर्वाचनमा म कल्यान सिह बोहरा अध्यक्ष रहेको प्यानल आधिकारीक रुपमा घोषणा नभएको र केही दिनमा मेरो नेतृत्वको सम्पूर्ण प्यानल सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुने जानकारी गराउन चाहान्छु।'
अब उनको स्पस्टिकरण सँगै उनले संस्थापन टिमलाई नै समर्थन गर्न सक्ने चर्चा चलेको छ । जुन टिम घोषणा भएको छैन । अब खड्का टिमले अध्यक्षमा अर्को उम्मेदवारको तयारी गर्न सक्ने बुझिएको छ । अध्यक्ष हुनको लागी संघको बिधानमा एक कार्यकाल कार्य समितीमा बसेको हुनुपर्ने रहेको छ ।
खड्का समुहका एक नेताले भने आफुहरुको टिम घोषणा भइसकेकाले तयारी भेटघाट जारी रहेको बताए । उनले टिममा केही पदमा ब्यक्तीको हेरफेर हुन सक्ने बताए ।
उनले भने - 'बिधान अनुसार केही पदमा हेरफेर हुन सक्छ । तर हाम्रो टिम ब्यबसायीहरुको भाबना अनुसार नै अगाढी बढेको छ । यो टिमले त्यँहा भित्रका अनियमितता र अन्य बिकृती बिसंगती हटाउनु को साथै संस्थालाई संस्थागत बनाउने भएकाले पनि अहिले कार्य समितीमा रहेका केही ब्यक्तीहरु अनेक चलखेलमा लागेका छन । त्यो उनिहरुको योजना सफल हुँदैन ।'
संस्थापन समुह पनि होमवर्क मै रहेको छ । उसले पनि आधिकारिक प्यानल घोषणा गर्न सकेको छैन । संघको अधिबेशन अब १६ गते हुने छ ।
गत १० गते उदघाटन सत्र भएपनी आबश्यक ६१ प्रतिशत गण पुरुक सँख्या नपुग्दा बन्द सत्रमा अदिबेशन प्रबेश हुन पाएको छैन । १६ गते पनि ५१ प्रतिशत उपस्थिती पुर्याउनु पर्ने कानुनी वाध्यता रहेको छ । संघ का सदस्य १५ सय ६३ रहेका छन् ।