अत्तरिया - कैलालीको अत्तरिया उधोग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागी भोली देखी अधिबेशन हुने भएको छ । भोली उदघाटन सत्र हुने संघमा महासचिब यज्ञराज जोशीले बताए ।
नयाँ नेतृत्वको लागी अध्यक्ष बाहेकका पदमा दुई प्यानल हुने देखिएको छ । अध्यक्षमा हालका बरिष्ट उपाध्यक्ष कल्याण सिं बोहरालाई दुबै प्यानलले समर्थन गर्ने भएका छन ।
संस्थापन इतर टिमको नेतृत्व दलबहादुर खड्काले गरेका छन । उनले बरिष्ट उपाध्यमा उम्मेदवारी दिने भएका छन ।उक्त टिममा महासचिबमा अर्जुन खड्का रहेका छन ।
सो टिमले केहीबेर अघि पत्रकार सम्मेलन गरेर टिम घोषणा गरेको छ । उक्त टिमको उपाध्यक्षमा फागुराम चौधरी र रमेश कडायत रहेका छन ।
यसै सचिबमा हर्क बहादुर बिक रहेका छन भने कोषाध्यक्षा मिना देउबा रहेका छन । यस्तै सोही टिमको सदस्यहरुमा योसोदा चोखाल , नवीन साउँद , लक्ष्मण दामी , दिल बहादुर शाहु रहेका छन । उक्त टिम बनाउन बनाउन नेपाली ( काँग्रेस) , नेकपा ( एमाले) , नेकपा (माओवादी) , राप्रपा र रास्वपाका मुख्य नेताहरू सकृय भएका छन् ।
उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै बरिस्ठ उपाध्यक्षका उम्मेदवार खड्का ले उधोग बाणिज्य संघलाई संस्थागत बनाउन यो टिमको उम्मेदवारी रहेको दाबी गरे । उनले सबै ब्यापारी को शुखदुख मा अब आफुहरु को टिम आजै देखि लाग्ने बताए ।
यस्तै अर्को टिमको नेतृत्व हालका महासचिब यज्ञराज जोशीले गर्ने करिब करिब पक्का रहेको छ । उक्त टिमलाई संघका संस्थापक अध्यक्ष बसन्त रोकाया र हालका अध्यक्ष अशोकराज देबकोटाले समर्थन गर्ने बुझिएको छ । यदपी उक्त टिम छलफल मै रहेको छ ।