अत्तरिया -गोदावरी नगरपालिकाले चालु आर्थिक बर्षमा गरेका उपलब्धी सार्बजनिक गरेको छ । शुक्रबारको दशौ नगर सभा मार्फत उपलब्धी नगरपालिकाले सार्बजनिक गरेको हो ।
जस अन्तर्गत २७ किलोमिटर सडक कालोपत्रे देखी अत्तरिया चोकमा हाई मास्ट लाईट र वाटर फाउन्टेन जडान सम्मका कार्यहरुको सुची रहेको छ ।
यस्ता छन मुख्य उपलब्धीहरु :
१ - एशियाली विकास बैंकको आर्थिक सहयोगमा गोदावरी नगरपालिकामा लागु भएको क्षेत्रीय शहरी विकास आयोजना मार्फत निर्माण सम्पन्न भएको कार्यलयको प्रशासनिक भवन हस्तान्तरण हुने प्रक्रियामा रहेका छ ।
२- हालसम्म ६ बर्षको अवधिमा गोदावरी नगरपालिकामा हरेक मौसममा संञ्चालनमा आउने गरी सबै वडा लगायतको जम्मा २७ कि.मी सडक कालोपत्रे सम्पन्न भएको छ ।
३- नगरपालिकामा साना ठुला गरी करिव २० वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।
४- नगर सडकको नियमित मर्मत, स्तरोन्नतीका लागि चालु आवको जेठ मसान्त सम्म जम्मा ४१ कि.मी सडक ग्राभेल गरिएको छ भने ५ कि.मी. नाली निर्माण सम्पन्न भएको छ ।
५- नदिजन्य पदार्थ विक्रि शुल्क संकलन कार्य ठेककाबाट व्यवस्थापन गर्नका लागि ६ पटक बोलपत्र आह्रान गर्दा समेत ठेक्कामा नगएको २०७९ पौष देखि कार्यलय स्वयमले संकलन गरी रु ४ करोड २१ लाख ६० हजार भन्दा बढी राजश्व संकलन भएको छ ।
६- अत्तरिया चोकलाई थप सुन्दर बनाउन हाई मास्ट लाईट र वाटर फाउन्टेन जडान गरि जसले गर्दा आन्तरिक पर्यटकीय स्थल बनेको छ ।
७- खुटिया र गोदावरी नदिमा कटान नियन्त्रण गर्नका लागि तारजाली लागाइएको छ । तयार नेवाल संगको साझेदारीमा वडा नं. १द्द को टुडेला खोला र चाक्लेखोलामा ४०० मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ ।
८- जीओ हाजार्ड इन्टरनेशनल संस्थाको आर्थिक सहयोगमा लक्ष्मी मावि वडा नं. ४ बुढीतोलामा १ करोड ८ लाख लागत बराबरको भवन निर्माणाधिन रहेको छ ।
९- भुमिहिन सुकुम्बासी,भुमिहिन दलित र अव्यवस्थित बसुोबासीहरुको तथ्यांक संकलन गरी अनलाईन प्रविष्ट गर्ने कार्य भइरहेको छ भने वडा नं. १ नापी कार्य सम्पन्न भई वडा नं. २ र ५ मा नापी कार्य भइरहेको छ । लगत संकलनमा अव्यवस्थित बसोबासीको संख्या ११७००, भमिहिन दलितको संख्या १३४६ र सुकुम्बासीको संख्या १०५० पुगेको र ८०३४ कित्ता जमिन नापजाँच भएको छ । आगामी बर्षमा पुर्जा वितरण हुने गरी प्राविधिक जनशक्ति व्यवस्थापन कार्यका लागि आवश्यक बजेटको समेत व्यवस्था गरिएको छ ।
१० - प्रतिष्ठान र प्रतिष्ठान बाहिर संगठित र असङगठित रुपमा रहेका श्रमिकहरुलाई २ चरणमा गरी गाोदावरी नगरपालिकाबाट १६८ वटा श्रमिक परिचयपत्र वितरण गरिएको छ ।
११ - अपांङगता भएका व्यक्तिको पहिचान गरी सरकारले जनाएको प्रतिबद्धता बमोजिमको सेवा सुविधा अपलब्ध गराउन अपांङगता व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ लागु भए पश्चात "क" बर्गको ७९ "ख" बर्गका ३६५ वटा "ग" बर्गको १६० रवटा र "घ" वर्गका १०१ वटा गरी हालसमम ७०५ वटा अपाङगता भएका व्यक्तिको परिचय पत्र वितरण गरएको छ ।
१२ - गोदावरी नगरपालिकामा विद्युतिय प्रणाली मार्फत सेवाहरु प्रवाह गर्न विभिन्न सफ्टवेयरहरु Sutra, PAMS, DONIDCR, HMIS, IEMIS,IPT,DHIS-2, ELMIS, Dashboard, Sparrow SMS , eTB register, bipadportal.gov.np, eBPS आदि
प्रयोगमा ल्याइएका छन् ।
१३ - भवन निर्माणमा आधुनिक प्रविधि अन्तर्गत eBPS सफ्टवेयरबाट घरनक्सा पासको तथ्यांक राख्ने तथा फराम भर्ने गरिएको र हालसम्म ईजाजत पत्र १९१, सुपर स्टक्चर स्थयी ईजाजत पत्र ९०, आशिंक निर्माण सम्पनन २३ वटा र निर्माण सम्पन्न ८१ वटा र ६३ वटा अभिलेखिकरण सम्पन्न भएको छ ।