अत्तरिया - कैलालीको अत्तरिया नगर उधोग बाणिज्य संघको चुनाबी अधिबेशन को मिती नजिकिय संगै सर्गर्मी बढेको छ । ब्यबसायीहरुको नयाँ नेतृत्व चयन गर्नको लागी हुने अधिबेशनको लागी ब्यबसायीहरु छलफलमा जुटेका छन् ।
ब्यबसायीहरु आन्तरिक छलफल संगै आफुले आस्था राख्ने राजनितिक दलहरु संग समेत छलफल गर्न थालेका छन् । संघको अध्यक्षको लागी अहिले सम्म हालका बरिस्ठ उपाध्यक्ष कल्याण सिं बोहराले दाबी पेश गर्दै आएका छन् । यस अघि उपाध्यक्ष कमल कडायतको पनि अध्यक्षमा चर्चा हुँदै आएको थियो ।
कडायत समुहले कार्य समितीको मुल नेत्रित्वले आफुहरु सँग समन्वय नगरेर नै सदस्यता लगाएतका अन्य कार्यहरु गरेको भन्दै संघको कार्यालयमा तालाबन्दी समेत गरेको थियो । जसको कारण जेठ २५ गते हुने भनिएको अधिबेशन स्थगन समेत भएको थियो । तर अध्यक्षमा उनी ब्याक भएका छन् ।
कडायत र बोहरा दुबैले आस्था राख्ने पार्टी नेपाली काँग्रेस हो । पार्टीकै नेताहरुको आग्रहमा कडायत ब्याक भएका हुन। संघले नियमित अधिबेशन नगरेको भन्दै ब्यबसायीहरुले जिल्ला प्रशासन कार्यालय कैलालीमा संघका बिरुद्द उजुरी समेत परेको थियो ।
प्रशासन कै रहोबरमा असार १० गते अधिबेशन गर्ने सहमती भएको थियो । बिहिबार संघका अध्यक्ष अशोकराज देबकोटाले ब्यबसायीहरुलाई छलफलका लागी बोलाएका थिए ।
छलफलमा सहभागी अगुवा ब्यबसायीहरुले संघमा राजनिती नगरेर ब्यबसायीहरु कै सहमतीमा सर्बपक्षिय समिती गठन हुनुपर्ने सुझाब दिएका थिए । त्यसपछि देबकोटा कै संयोजकत्वमा ब्यबसायी टिकाराम आचार्य, नैन सिं कार्की, कमल कडायत र अर्जुन खडका सहितको समिती गठन गरिएको छ ।
उक्त समितीले सबै पक्ष सँग छलफल गरेर सकभर सहमती मै समिती बनाउन सहजिकरण गर्ने म्यानडेड दिएको समितीका सदस्य कार्कीले बताए । एमाले निकट ब्यबसायीहरु पनि सहमती मै नेतृत्व चयन हुनुपर्ने मा रहेको उनको भनाई रहेको छ ।
यदपी हालको कार्य समिती ले बिगतमा गरेका कमि कमजोरीको बारेमा उनिहरुको रिजर्बेशन भने कायमै रहेको छ । अध्यक्षमा काँग्रेस भित्र पनि बोहरालाई सर्बसम्मतीबाट नै बनाउने चर्चा चलेपनी अन्य पदमा भने बिबाद कायमै रहेको छ ।
जसको कारण अर्को समुह बनाउने कसरत पनि भित्र भित्रै शुरु भएको छ । काँग्रेसले ल्याउने खाका कस्तो हुन्छ त्यसमा नै अन्य पार्टीहरुले सहमती जनाउने वा नजनाउने भन्न्ने कुरोको भरपर्ने एमाले निकट एक ब्यबसायीले बताए ।
काँग्रेस निकट ब्यबसायीले अध्यक्ष लिए महासचिब एमाले निकट ब्यबसायीले पाउनुपर्नेमा उनिहरुको जोड रहेको छ । तर केही स्वतन्त्र र अन्य पार्टीमा आस्था राख्ने ब्यबसायीहरुले भने संघमा बिसुद्द ब्यबसायीहरु नै जानुपर्नेमा जोड दिएका छन् । संघका सदस्य झण्डै १५ सयको हारहारीमा रहेका छन् ।