कैलाली - कैलालीमा राष्ट्रियस्तरको बुद्विचाल (चेस) प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको धनगढीमा पहिलो पटक राष्ट्रियस्तरको पाँचौं ‘मुख्यमन्त्री कप राष्ट्रिय एम्यौचर बुद्विचाल प्रतियोगिता’ आयोजना हुन लागेको हो ।
बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगीताको बारेमा जानकारी दिईएको छ । प्रतियोगीता यही असार ९ गतेदेखी १३ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगीताको आयोजक सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघका अध्यक्ष भीमदत्त पाण्डेका अनुसार सुदूरपश्चिममा पहिलो पटक बुद्धिचालसम्बन्धी राष्ट्रियस्तरको प्रतियोगीता आयोजना भैरहेको हो ।
उनले सुदूरपश्चिमका बुद्धिचाल खेलाडीहरुको अवस्था, परिवेश र सम्भाव्यतालाई मध्यनजर गर्दै प्रतियोगीता आयोजन गर्न लागिएको जानकारी गराए । उनले प्रतियोगीताले स्थानियस्तरका खेलाडीहरुको मनोबल बढाउनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न पनि सघाउ पु–याउने वश्वास व्यक्त गरे ।
सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने, चेस खेलमार्फत् राष्ट्रियस्तरमा यस प्रदेशको पहिचान बनाउने, यस प्रदेशका खेलाडीलाई व्यवसायिक रूपमा अगाडि बढाउन तथा प्रदेशमा रहेका चेस खेलाडी, शिक्षक, अभिभावक, विद्यार्थी र खेलप्रेमीहरूलाई चेस खेलप्रति आकर्षण गराउने प्रतियोगीताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा विभिन्न विधामा पुरस्कारहरु राखिएका छन । जसमध्ये खुल्ला तर्फ प्रथम हुनेलाई नगद रु. ४० हजार, द्धितियलाई रु. २५ हजार, तृतियलाई रु. १५ हजार, चौथोलाई रु. १० हजार र पाँचौ हुने खेलाडीलाई रु. ८ हजार तोकिएको छ । त्यसैगरी खुल्लातर्फ नै छैटौ र सातौ हुने खेलाडीलाई रु. ६ हजार प्रदान गरिनेछ भने आठौ देखी दशौ स्थान प्राप्त गर्ने खेलाडीहरुलाई नगद रु. ५ हजार प्रदान गरिने छ ।
यस्तै महिलातर्फ प्रतियोगीतामा प्रथम हुनेलाई नगद रु. २० हजार, द्धितिय हुनेलाई रु. १५ हजार र तृतिय हुनेलाई रु. १० हजार तथा विद्यार्थीतर्फ प्रथमलाई रु. ५ हजार, द्धितियलाई रु. ४ हजार र तृतियलाई रु. ३ हजार पुरस्कार प्रदान गरिने बताईएको छ ।
आयोजकका अनुसार सुदूरपश्चिम विद्याका खुल्लातर्फ र महिलातर्फका प्रथमलाई रु. ५ह÷५ हजार प्रदान गरिनेछ भने विद्यार्थीतर्फका प्रथमलाई रु. ३००० प्रदान गरिनेछ । प्रतियोगितामा नेपालभरबाट करिब ८० जनाको सहभागिता रहने छ ।