धनगढी - ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डलाई धनगढीको सेती प्रादेशिक अस्पताल नजिकै रहेको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले साथ दिएको हो ।
क्लिनिकले विधा प्रायोजन गरेर साथ दिएको हो । हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले बर्ष खेलाडी महिला विधालाई प्रायोजन गरेको छ । अब यो विधाको नाम हिमालयन गौरीशंकर डेन्टल क्लिनिक बर्ष खेलाडी महिला रहनेछ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डको विधा प्रायोजन सम्बन्धी सम्झौता एक कार्यक्रमका बीच भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको तर्फबाट उपाध्यक्ष गगन अयडी र हिमालयन गौरीशंकर डेन्टल क्लिनिकको तर्फबाट डाक्टर सुमन कार्कीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सुदुरपश्चिमको पहिलो निजि क्षेत्रबाट हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले डेढ दशकदेखि दन्त सेवा दिदै आएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालको सटरमा रहेको क्लिनिकले डेढ दशक अघि सुरु गरिएकोमा हाल दन्त अस्पतालको रुपमा सञ्चालन गरिएको छ । सेती प्रादेशिक अस्पतालको सटरबाट सरेर अहिले हिमालयन गौरीशंकर डेन्टल सेन्ट्रल डाईग्लोनिष्ट छेउमा सुविधा सम्पन्न रुपमा अत्याधुनिक दन्त सेवा सहित सञ्चालनमा रहेको सञ्चालक रतनकुमार एसकेले बताए ।
हिमालयन गौरीशंकर डेन्टल क्लिनिक दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रुपमा सञ्चालनमा रहेको छ । दन्त उपचारका लागि कुनै पनि अन्य स्थानहरुमा भौतारिन नपरुन् भनेर सुविधाहरु थपिएका छन् । डेन्टलमा अहिले विशेषज्ञ तथा बरिष्ठ स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन् । विशेषज्ञ दन्त चिकित्सक सहितको सेवा पनि थालेका छन् । सस्तो मुल्यमा सेवा दिईरहेका क्लिनिकले असहायलाई पुरै निशुल्क सेवा दिदैं आएका छन् ।
दत्न उपचारका लागि हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।
अवार्डको ट्रफी सुुदुरपश्चिम ११ स्पोर्टस क्लबले प्रायोजन गरेको छ भने भेन्यु पार्टनरको रुपमा ओम प्यालेस पार्टी प्यालेस रहेको छ ।