अत्तरिया - कैलाली र कञ्चनपरमा गरी अवैध लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कैलालीको धनगढी, टीकापुर र कञ्चनपुरको बेलौरीबाट लागुऔषध करोबारमा संलग्न ६ जना पक्राउ परेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट एक ग्राम ६ सय २० मिलिग्रामसहित सोमबार दिउँसो दुई जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–२ का २४ वर्षीया आयुषा बिष्ट र अछाम साफे बगर नगरपालिका–३ का २४ वर्षीय मुकेश कुँवर लागुऔषधसहित पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
साथै उनीहरूको साथबाट सुदूरपश्चिम प्रदेश ०१००८ प ४६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । त्यस्तै टीकापुर नगरपालिका–६ बेलुवाबाट पनि ४ ग्राम ८१० मिलिग्राम लागुऔषधसहित दुई जना सोमबार राति पक्राउ परेका छन् ।
यस्तै कैलालीकै टीकापुर नगरपालिका–१ का २९ वर्षीय बिशाल ज्ञवाली र सोही स्थानका २६ वर्षीय रोशन सुनार लागुऔषधसहित पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो । त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–४ लक्ष्मीस्विट चोकबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन् ।
८ ग्राम ६० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउका १८÷१८ वर्षीय दुई जना किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार राति लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरीरहेको प्रहरीले जनाइएको छ ।