अत्तरिया - कैलालीमा भन्सार छलीका बेवारीसे सामान फेला परेको छ । मंगलवार धनगढी–३ मिलन चोकबाट भन्सार छलिका करिब ३४ हजार मुल्य बराबरका स्याम्पु, बिडी, अचार, चिनी, मिठाई बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै धनगढी–३ मिलन चोकबाटै २८ हजार ३ सय ५० मुल्य बराबरको भन्सार छलिका चप्पल, बिडी, सुर्ती, कुर्ती, खानेतेल लगायतका खुद्रा मालसामान जिल्ला प्रहरी कार्यालय कैलालीले बेवारीसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको छ ।
यसैगरि सोहि दिन धनगढी–१४ मा भन्सार छलिका युरिया र डीएपी गरी करिब ६ हजार मुल्य बराबरका सामान इलाका प्रहरी कार्यालय बहुलियाले बरामद गरेको जनाएको छ ।
यस्तै कञ्चनपुरमा भन्सार छलीका सामान फेला परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ दुम्लीमा अबैध रुपमा भन्सार छलिगरि ल्याएका कुलर, डिउ (पिय पदार्थ) बेवारीसे अवस्थामा प्रहरीले फेला पारेको हो ।
२४ हजार मुल्य बराबरका उक्त सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिगएको संयुक्त प्रहरी टोलिले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
यस्तै शुक्लाफाटा नगरपालिका–१ बन्साह चौराहबाट चिनि, स्याम्फु, सलाई, लगयातका सामानहरु अस्थाई प्रहरी पोष्ट बनसाहले नियन्त्रणमा लिएको छ। ११ हजार ६ सय बराबरको सामान बेवारीसे अवस्थामा फेलापारी बरामदगरीएको प्रहरीले जनाएको छ ।