अत्तरिया - हामीले १२ अघि आजैको दिन गोदावरी मिडिया प्राली दर्ता गरेर गोदावरी एफ एम ८७.९ मेघाहर्ज को परिक्षण प्रसारण गरेका थियौ ।
गोदावरी एफ एम १३ औँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा पाठक वर्ग, श्रोता–दर्शक, समाचार स्रोता, लेखक, विज्ञापनदाता, शुभेच्छुक एवं गोदावरी एफ एम को यात्रामा जोडिनु भएका सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ।
सुदुरपश्चिम को राजधानी गोदावरी - अत्तरिया मा केन्द्रिय स्टुडियो राखेर हामिले प्रसारण गरेका थियौ । यहाँका अनेकन मुद्दा संग संगै जनताका शुख दु:खमा पनि हामिले सहकार्य निरन्तर गर्दै आएका छौं । आगामी दिन अडियो को माध्यम रेडियो मा थप चुनौती थपिएको छ् ।
विश्वभर नै डिजिटल मिडिया को प्रभाव बाक्लो छ र पनि हामि गोदावरी एफ एम को उपस्थिति डिजिटल रूपमा अगाडि बढाउने प्रयासरत छौँ ।
अहिले हामी संग एफ. एम संगै www.godawarinews.com (गोदावरी न्युज) न्युज पोर्टल पनि सन्चालन मा छ । जसको कारण दैनिक हामी हजारौं संग बिश्वभर जोडिन पाएका छौँ ।
अन्त्यमा हाम्रो यो यात्रामा साथ दिने सबै प्रती हार्दिक आभार ।
गोबिन्द रोस्यारा
प्रबन्ध निर्देश्क