अत्तरिया - सुदूरपश्चिममा भोलि आमहड्ताल हुने भएको छ । कैलाली स्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको होे ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका अनुसार आइतवार अर्थात भोली सुदूरपश्चिम पूर्ण रुपमा बन्द रहने छ । भोलिका लागि आह्वान गरेको आम हड्तालमा यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन् ।
यातायात व्यवसायीले एक प्रेस विज्ञप्ती जारी गर्दै आमहडताल कार्यक्रमलाई कैलाली जिल्लामा रहेको सम्पुर्ण यातायात प्रालिको निर्णय अनुसार उक्त आमहडताललाई पूर्ण समर्थन गर्दै ऐक्यवद्धता जनाएको उल्लेख छ ।
भोलि बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ÷संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने छन् ।
संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रशर्दन जारी छ ।
जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि हुदै आएको छ । गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालको माग गर्दै संघर्ष समितिको नेतृत्वमा विगत १० दिनदेखि आन्दोलन भइरहेको छ ।