कैलाली- गोदावरी नगरपालिका–७ लालपुरबाट डेढ लाख बढी नगद सहित गएराती २८ जना जुवाडे पक्राउ परेका छन् ।
जुवा तास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट डिएसपी ज्ञान बहादुर बिष्टको कमान्डमा गएको टोलीले राती साढे ११ बजे स्थानीय वीर बहादुर वली को होटेलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नगद नेपाली १ लाख ५२ हजार ७ सय ५०, भारतीय २ हजार २ सय ७० गरी जम्मा १ लाख ५६ हजार ३ सय ८२ र ७ गड्डी तास समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हरूलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कारबाही प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३५ का टेक बहादुर ओली, ३६ बर्ष का मान बहादुर सिह, बर्ष ३६ का कृष्ण चन्द, बर्ष ५१ का डम्मर बहादुर बोहरा, बर्ष ३९ का खडक ओली, बर्ष ३२ का नरेन्द्र बोहरा, बर्ष २६ का केपी बहादुर साँउद, बर्ष ४० का प्रेम नेपाली, बर्ष ३० का लोक बहादुर साँउद रहेका छन ।
त्यस्तै गोदावरी नगरपालिका ७ नै बस्ने बर्ष ३९ का डिल्लीराज फुलारा, बर्ष ३० का हरिष बम, बस्ने बर्ष ३७ का चक्र ऐर, बर्ष ४५ का कर्ण चिराल, बर्ष ३९ का नर बहादुर थापा, बर्ष ४० का रुद्र बम रहेका छन् ।
पक्राउ पर्नेमा अन्य बर्ष २९ का अमर उपाध्याय, बर्ष २९ का पदमराज जोशी, बर्ष ३० का प्रकाश साँउद, बर्ष २८ का दिपे चोखाल, बर्ष २८ का दिपक ओली, बर्ष ४० का भिम बहादुर साँउद, बर्ष २४ का नरेस कार्की, बर्ष ३५ का रती ओली, २३ का भरत साँउद, ३३ का राम बहादुर कठायत, ३२ का प्रकाश सार्की, बर्ष २६ का पुरन साँउद र गोदावरी नगरपालिका ८ बस्ने बर्ष १९ का नृप नेपाली रहेका छन ।