अत्तरिया - केही दिन यताको प्रदेश मिटिङ,पार्टीबाट निर्बा्चित जनप्रतिनिधीहरुलाई प्रशिक्षण लगाएतका महत्वपूर्ण काम सकेर आईतवार अबेर साँझ नेकपा सुदुरपश्चिमका नेताहरु कैलालीको गोदावरी नगरपालिका ६ लालपुर बडेहा एक थारु घरमा पुगे ।
प्रदेश इन्चार्ज भिम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट, सह इन्चार्जद्धय खगराज भट्ट, भानुभक्त जोशी र प्रदेश अध्यक्ष कर्ण थापालाई स्थानिय थारु अगुवाहरुले भब्य स्वागत गरे । कार्यक्रम थियो प्रदेश सांसद चुनुकुमारी चौधरीको निजी घरमा तिहार, छठको शुभकामना आदानप्रदान ।
स्थानिय थारुहरुले उनिहरुको स्वागतमा दिउँसो देखी नै तयारी गरेका थिए । औपचारिक कार्यक्रमको क्रममा सबै नेताहरुले एक आपसमा शुभकामना दिए । सांसद चौधरीले मनिसको जात भनेको महिला र पुरुष मात्रै भएको तर स्वार्थको नाममा बिभिन्न जातहरुको लँडाई हुने गरेको प्रति आपत्ति जनाउँदै भनिन थारुको सखियामा तपाईंहरु नाच्नुहोस हामी तपाईंहरुको डेउडा पैतला मिलाउँछौ । तर उनले थारुहरुलाई अधिकार दिने कुरामा भने नेताहरुलाई सचेत गराईन् ।
शिर्श नेताहरु पनी रमाइलो मुडमा नै देखिएका थिए । प्रदेश इन्चार्ज भिम रावलले शुभकामना दिने क्रममा भने भाषण भन्दा अब रमाइलो गरौँ । तर त्यसको लागी उनले लोक गायक दिर्घ फुलारा र सुर्य बिरही साउँदलाई प्रस्ताब गरे । त्यसपछि माहोलो संगीतिक भयो फुलारा र साउँदको लोक डेउडा गीतमा थारु महिलाहरु आफ्नो परम्परागत पहिरन सहित नाच्न थाले ।
थारु बाजाहरु समेत बजाउन नेताहरुले चासो राखे । सबै जना एक आपसमा रमाईलो गर्दै नाचिसकेपछि उनीहरुले थारु पकवानहरुको पनि स्वाद लिए । राजनितिक रुपमा कहिलेकाँही थारु पहाडी भनेर बिबेद जस्तो देखिएपनी यस्ता पर्बहरुमा समाजलाई जोडन मद्दत पुग्ने स्थानिय अगुवाहरुको बुझाई थियो ।