धनगढी – धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले पर्यटक बढाउनका लागि अतिथी सत्कार आवश्यक भएको बताएकी छन् ।
नाटा सुदूरपश्चिमले आयोजना गरेको दशैं, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । पर्यटक भित्राउनका लागि पर्यटकलाई बुझ्ने धारणा तथा गरिने ब्यवहारमा परिवर्तन ल्याउनुपर्छ उप–प्रमुख भट्टले भनिन्, प्रहरी र कर्मचारीले भने जस्तै पर्यटन ब्यावसायीले पनि मुस्कान सहितको सेवा दिन सक्नुपर्छ ।
पुरानै तरीकाले भ्रमण बर्ष २०२० सफल पार्न नसकिने बताउदै उप–प्रमुख भट्टले भनिन्, त्यसका लागि नाटा सुदूरपश्चिले योजना बनाउनु आवश्यक छ । हामीले पर्यटक प्रती देखाउने ब्यवहार परिवर्तन नगरेसम्म पर्यटकीय विकास असम्भव छ उप–प्रमुख भट्टले भनिन्, पूर्वाधारको विकास त गरौला तर मानवीय ब्यावहारको सकारात्मक विकास पहिलो कुरा हो ।
नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकास भट्टले सुदूरपश्चिमको पर्यटकिय विकासका लागि गुरु योजना आवश्यक भएको बताए । उनले भने, यसका लागि तिनवटै सरकारको सहयोग आवश्यक छ ।
कार्यक्रममा नेपाल पर्यटक बोर्डका सदस्य कृष्ण महरा, उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवर, होटल ब्यावसायी संघ कैलालीका अध्यक्ष कलम बम, होटल ब्यावसायी प्रकाश भट्ट लगायतको उपस्थीति थियो ।