धनगढी – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सुदुरपश्चिमका ठुला आयोजनाहरुको गति सुस्त भएकाले त्यसलाई गति दिन पार्टी हेटक्वाटर तर्फबाट आफूले सक्दो पहल गर्ने बताएका छन ।
'सुदुरपश्चिमका नेताहरुले पटक पटक यँहाको बिकासको बारेमा चिन्ता ब्यक्त गर्दै आएका छन् तर अब पार्टी हेडक्वाटरमा नै यो कुरा उठाउँछु', अध्यक्ष प्रचण्डले भने-' सुदुरपश्चिममा पर्नु पर्ने ठुलो योजनाहरु केन्द्रको खाकामा अहिलेसम्म नपरेकै हो तर अब ध्यान दिईन्छ।'उनले आफु प्रधानमन्त्री भएकोले बेला शुख्खा बन्दरगाहाको काम गर्न खोजेको तर खासै गति लिन नसकेको , सुदुरपश्चिम विश्वबिधालय सन्चालनमा आएपनी खासै राम्रो सँग अगाढी बढन नसकेको ,पश्चिम सेतीको काम हुनै नसकेको स्विकार गरे ।
उनले गुट पार्टीका लागि महाघातक रोग भएको बताए । अध्यक्ष दाहालले भने–‘पार्टी एकताको काम लगभग सकिएको स्पष्ट पारेका छन् । अब केही घण्टाको सचिवालय बैठक बस्नेवित्तिकै पार्टी एकताका बाँकी कामहरु टुगिंन्छ ।’अहिलेको राज्य ब्यबस्था सानो तिनो बलिदानबाट नआएको भन्दै अध्यक्ष प्रचन्डले भने - कतिपयको बुझाई कस्तो छ भने पञ्चायत ढलेपछि बहुदल आएको ,बहुदल पछि प्रजातन्त्र आएजस्तै गरी यो ब्यबस्था आएको भन्ने छ तर त्यसो होइन यो ब्यबस्था मात्रै परिबर्तन नभै पुरै गुणात्मक सिस्टममा नै परिबर्तन ल्याएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चिनिया राष्ट्रपति लगाएतको भ्रमणले सरकारको अन्तराष्टिय सम्बन्ध उचाईमा पुगेको बताए । आफ्नो मनतब्य को लामो समय चिनिया सरकार र त्यँहाको कम्युनिष्ट पार्टीको प्रशंसामा समय खर्च गरेका अध्यक्ष प्रचण्डले त्यँहाको काम कार्बाहीबाट धेरै कुरा सिक्ने सकिने धारणा राखे । अध्यक्ष प्रचण्डले अहिलेका पार्टीबाट निर्बाचित जनप्रतिनिधीहरु सुबिधामुखी बन्दै गएको बताउँदै यही अबस्था कायम रहे पार्टीको पतन शुरु हुन सक्ने चेतावनी दिए ।
धनगढमा नेकपाको ३ दिने प्रशिक्षण कार्यक्रम सुरु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई विशेष प्रशिक्षण सुरु गरेको छ ।
धनगढीमा ३ दिन सम्म चल्ने प्रशिक्षणमा प्रदेशका सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेद्वार भई निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई कार्य सञ्चालनका क्रममा आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको नेकपा प्रदेश कमिटीले जनाएको छ ।
सङ्घीयता कार्यान्वयनका सवालमा जनप्रतिनिधिको भूमिका कस्तो हुने, विविध कानुनी जटिलताको समाधान गरी सेवा प्रवाहलाई प्रभावकारी कसरी बनाउने, राजनीति तथा विचार लगायतका विषयमा नेताहरूले प्रशिक्षण दिने बताइएको छ ।
प्रशिक्षणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत धनगढी आएका छन् । प्रशिक्षणकामा प्रदेश इन्चार्ज भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट तथा सह इन्चार्जहरू भानुभक्त जोशी तथा खगराज भट्टको समेत उपस्थिति रहेको छ । प्रशिक्षणमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरूको समेत उपस्थिति रहेको छ ।