काठमाडौं - एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभवित भएको छ ।
बिहान ९ बजेदेखि सुरु हुने भनिए पनि अहिलेसम्म टस हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा सिमसिम वर्षा भइरहेकाले टस हुन ढिलाइ हुँदा खेल सुरु हुन सकेको छैन ।
एसिया कपमा छनोट हुने लक्ष्यसहित नेपालले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
काठमाण्डौमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ । समूह 'ए' मा रहेको नेपालले मूलपानी मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।
नेपाल आज साउदी अरेबियालाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको नेपाल दुवैमा जित निकाल्दै समूह 'ए' को शीर्ष स्थानमा छ । साउदी अरेबिया चौथो स्थानमा छ ।
समूह 'ए' मा नेपालसहित ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, आज समूह ुबीु का बहराइन र हङकङ पनि खेल्दै छन् । यो खेल कीर्तिपुर मैदानमा हुनेछ । समूह "बी ' मा रहेको हङकङ शीर्ष स्थानमा छ । यो समूहमा हङकङसहित युनाइटेड अरब इमिरेट्स, बहराइन, कुवेत र सिङ्गापुर रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुँदैछ ।