अत्तरिया - गोदावरी पत्रकार मञ्चको पहिलो वार्षिक साधारण सभा तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ। उक्त सभा आइतबार सम्पन्न भएको हो।
सो अवसरमा मञ्चले २०८० सालको भित्तेपात्रो पनि विमोचन गरेको छ । आइतबार क्याबिनेट रिसोर्टको हलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि डा लक्ष्मीराज पाठकले क्यालेन्डर विमोचन गरेका हुन् ।
मञ्चका अध्यक्ष प्रेम सिं बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मञ्चका संरक्षक डा. पाठक रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले आउँदो नयाँ पुस्तामा राम्रो संस्कार छोड्यौ ,बिजारोपण गर्यौ भने भोलि गएर उहाँहरु यो देशको मुर्धन्य पत्रकार बन्न सक्ने बताएका छन्।
पत्रकार भनेका देशका चौथो अंग हो । समाजमा रहेका स-साना कुराहरुलाई मिडियाको माध्यमद्वारा जनताहरुलाई शुसुचित गराउने काम मिडियाहरुले गरेको पाइन्छ । मिडियाले देशको राजनिति सरकार कुन दिशातिर मोड्ने शक्ति पनि मिडिया र पत्रकारहरुमा रहेको इतिहासले तथ्य प्रमाणित गरेको पाईन्छ ।
यस्तै विशिष्ठ अतिथिमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. डम्बर बहादुर पाल, कैलाली हार्डवेयर व्यवसायी संघका उपाध्यक्ष नैन सिंह कार्की रहेका थिए भने अतिथीमा अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशी, नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर कमिटिका अध्यक्ष नरेन्द्र शर्मा, गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, गोदावरी पत्रकार मञ्चका सल्लाहकार तथा गोदावरी एफएमका प्रबन्ध निर्देशक गोविन्द रोस्यारा, चेम्बर अफ कमर्सका अध्यक्ष तिर्थ राज ओझा, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी एसपी नेत्रमणी गिरी रहेका थिए ।