काठमाडौँ- एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ३१० रनको विशाल योगफल कायम गरेको थियो ।
एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा उच्च योगफल हो ।
नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाए ।
उनले ६४ बलमा १०८ रन बनाए । त्यसैगरी, सोमपाल कामीले ६३ रन बनाए ।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमन ४६ ओभर ३ बलमा २२६ रनमा समेटियो ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिए ।
नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
समूह एमा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ ।
ओमान दुई खेलबाट मात्र दुई अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।