अत्तरिया - सुदुरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले महिलाहरु अगाडी नढेसम्म सम्बृद्ध नेपाल सम्भब नरहेको बताएकी छन् । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ जमुनानगरमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लि. को नवौं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनको उद्धघाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
कार्यक्रमकी प्रमुख अतिथी रहेकी सांसद चौधरीले अझै पनि थुप्रै महिला दिदिबिहिनीहरु गाउँघरमा बिभिन्न दुख ,कष्ट र पिडा सहेर बसिरहेको अबस्थामा सरकारले बोकेको सुखी नेपाली , सम्बद्ध नेपालको परिकल्पना गर्न नसकिने बताइन् । यसका लागि अब हरेक महिलाहरुले अगाडी बढ्न जरुरी रहेको उनले बताइन् ।
उनले राज्यका हरेक निकाय सम्म महिलाहरुको सहभागिता र पहँुच पुगेमा मात्रै साझा र सम्बृद्ध नेपाल बन्ने बताइन् । सम्पुर्ण महिला दिदिबहिनीहरु तपाईहरु चाहे सामुदायिक बन होस् , सहकारी होस , आमा समुह होस् वा यस्ता कुनैपनि सामाजिक संघ सस्थाहरुमा लाग्नुहोस । यस्ता संस्थाहरुसंग जोडिनुहोस अब यस्ता क्षेत्रवाट नारीहरु अगाडी बढ्नुपर्छ उनले भनिन् । अहिले महिलाहरुले संचालन गरेका थुप्रै सहकारीहरु ब्यबस्थित र नमुना सहकारीका रुपमा स्थापित भइरहेको उनको भनाई थियो । उनले सहकारीका माध्यामवाट महिलाहरुको सामाजिक , आर्थिक र भौतिक रुपमा परिर्वतन भएको आफुले देखेको बताइन् ।
उनले आफु पनि यस्तै काम गर्दै अगाडी बढेको बताउदै सबै महिलाहरुलाई एकताबद्ध भएर बिभिन्न सामाजिक संघसस्थाहरुमा लाग्न आग्रह गरिन् । एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरत बहादुर बोगटीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष नरेश बहादुर अधिकारी र जिल्ला सहकारी संस्था कैलालीका उपाध्यक्ष फणि सापकोटा बिशिष्ट अतिथी रहेका थिए ।
बि.स २०६६ सालमा ४१ जना शेयर सदस्यवाट स्थापना भएको उक्त सहकारी संस्थामा हाल १३ सय १४ जना शेयर सदस्य र ६२ लाख ८२ हजार २ सय शेयर पुँजी रहेको सहकारीका सचिब रमेश बोगटीले जानकारी दिए । गोदावरी नगरपालिका र चुरे गाँउपालिकामा रहेको निम्न आयस्तर भएका नागरिकहरुको सानो सानो रकम संकलन गरि अहिले सहकारीले राम्रो सफलता हासिल गरेको अध्यक्ष सुरत बहादुर बोगटीले बताए ।
उनले २०७५\०७६ का अषाढ मसान्त सम्ममा सहकारीले सवा ४ करोड बराबरको कारोबार गरेको बताए । कार्यक्रममा बिभिन्न उत्कृष्ट समुह र शेयर सदस्यहरुलाइै सम्मान पत्रले सम्मानित समेत गरिएको थियो । सहकारी संस्थाकी उपाध्यक्ष धना पाठकको स्वागत मन्तब्यवाट सुरु भएको कार्यकमको संचालन ब्यबस्थापक शेर बहादुर बोगटीले गरेका थिए ।