अत्तरिया – हिड्दा सेतो छडी पनि बोक्दैनन् , दुईवटै आँखाका दृष्टि गुमेका छन , तै पनि कठिन संघर्ष गरेर बाटो छामेरै पुग्छन आफ्नो गन्तव्यमा । उनि भन्छन पहिला सेतो छडी बोकेर हिड्ने गर्थे एक दिन मलाई बाटोमा हिड्दै गर्दा यो त अन्धो रैछ भनेर कसैले जिस्काएको सुने अनि त्यो दिनबाट छडी बोक्न छोडिदिए । यो पिडा हो लम्की चुहा नगरपालिका प्रतावपुर ९ खमरियाका १७ बर्षिय पुष्प जोशीको ।
हाम्रो समाजमा, शारिरिक अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको प्रति उनको गुनासो छ । छडी बोकेर हिड्दा उनीलाई अन्धो भनी जिस्काएको पिडा उनको मानसपटलमा ताजै छ ।
त्यसैले छडी बोकेर हिड्दा अझैपनि आफूलाई समाजले जिस्काउने होकी भन्ने उनलाई लाग्छ । सानैमा आँखाको दृष्टि गुमाएका पुष्प भन्छन – ‘सुरुमा त मलाई बाटो हिड्न गाह्रो हुन्थ्यो निकै संर्घषपछि बिस्तारै सहज हुन थालेको छ अहिले त एक्लै हिडडुल गर्न सक्छु । हिडडुल गर्न साहारा खोज्नुपर्ने अवस्थाका व्यक्तिहरुलाई पनि कति सम्म हेप्न सकेका होलान यस्तो कुसंसारको अन्त्य कहिले होला उनि प्रश्न गर्छन ।’
सुरुमा उनको परिवार गोदावरी नगरपालिका ४ बसन्तपुरमा बस्ने गर्दथे । उनका बुवा आमा संगै एक बहिनि एक भाई भने बसाई सरेर प्रतावपुर गएका भएपनी उनलाई बाल्यकालमै हुर्केको ठाउँ राम्रो लाग्छ ।
‘बुवा आमा बसाई सरेर प्रतापपुरमा गएको भएपनि आफूलाई बाल्यकालमै हुर्केको ठाउँ राम्रो लाग्छ । नयाँ ठाउँमा बाटो चिन्न पनि समस्या पनि हुन्छ ।’ उनले भने – ‘प्रतावपुरमा अन्य घरछिमेकमा आवत जावत गर्न गाह्रोे हुन्छ कोहि राम्रो मान्छन कोहि नराम्रो, यता त सबै आफ्नो आफन्तहरु छन सानै देखि हिडडुल गरेको बाटो भएर राम्रोसंग छामेर हिड्न सक्छु ।’
परिक्षामा लेखिदिने भेटिदैनन् सहयोगि
२०६७ सालदेखि उनी कैलालीको टिकापुर नगरपालिका ७ सत्तीमा रहेको श्री कर्णालि माविमा अध्ययनरत छन । हाल उनी सो विद्यालयको छात्रबासमा बसेर कक्षा १० मा अध्ययन गर्दैछन । यसअघि बर्दियाको एक विद्यालयमा अध्ययन गरिरहेका पुष्प घरबाट निकै टाढा भएका कारण सत्तिको विद्यालयमा भर्ना भए ।
अध्ययनका क्रममा ब्रेनलिपि मार्फत पढ्न सजिलो भएपनि परिक्षा दिने क्रममा भने साह्रै गाह्रो हुने गरेको उनको गुनासो छ । अन्य परिक्षामा आफैले लेख्न सकिने भएपनि कक्षा ८ को बोर्ड परिक्षा र कक्षा १० को परिक्षामा भने सहयोगि नै राख्नुपर्ने हुन्छ । रेखाचित्र ब्रेनलिपि मार्फत नकोरिने भएकाले सहयोगिको आवश्यकता परेको हो ।
परिक्षामा ३ घण्टा तोकिनु अनि त्यसैमा सहयोगि चाहिने भएकाले साहै्र अप्ठारो परिस्थिति सिर्जना हुने गरेको उनको भनाई छ । ‘खोज्दा सहयोगि पाईदैनन् अनी परिक्षामा अनुपस्थित हुने अवस्था पनि सिर्जना हुन्छ । अर्को बर्षको लागि तयारी गर्नुपर्छ । २०७४ सालमा मैले कक्षा ८ को बोर्ड परिक्षा दिदा ५, ६ दिन अगाडी मात्रै सहयोगि पाएको थिए ।’ उनी भन्छन – ‘सहयोगिलाई पनि आफैले पारिश्रमिक दिनुपर्ने हुन्छ । हाम्रो समस्याको बारेमा कसैले चासो दिदैनन् । साहाराको भरमा बाँच्ने व्यक्तिहरुका लागि कसैको पनि सहयोग छैन । यस विषयमा सम्बन्धित निकाएको ध्यान कहिले जाने ।’
रेडियोमा बोल्नै साह्रै रहर छ
रेडियो स्टुडियो कस्तो हुन्छ भन्ने नदेखेको भएपनि त्यसमा गएर एक कार्यक्रम चलाउने मलाई साहै् रहर छ । ‘कक्षा १० को परिक्षा दिईसकेपछि म पनि कार्यक्रम चलाउनका लागि रेडियो कार्यालयमा जाने सोच बनाएको छु ।’ पुष्पले भने –‘टेलिभिजन हेर्न सकिदैन । रेडियोनै प्यारो लाग्छ ।’
उनी मोबाईलफोन एक पटक सिकाईदिएपछि फोन डायल गर्न, रेडियो पनि राम्रो संग चलाउन सक्छन । मोवाईलमा सामाचार, रेडियो कार्यक्रमहरु सुन्ने गर्छन ।
उनले मुस्कुराउँदै भने – ‘मोवाईलमा फेसबुक पनि खोलेको छु , रिक्वस्ट पठाउछु एसेप्ट गर्नुहोला है ।’ उनको यस्तो आग्रहलाई सुन्दा लाग्थ्यो भगवान पनि कति निस्ठुरि भएका होलान आँखाको ज्वोति गुमाएर उनका लागि संसार नै अन्धकार बनाई दिएछन् ।