कैलाली - नेकपा एमालेका सचिब लेखराज भट्ट ले आफू माओवादीमा फर्किने कुनै संभावना नरहेको प्रष्ट पारेका छन् । आज अत्तरिया मा पार्टीले आयोजना गरेको मिसन ग्रासरुट अभियान को समिक्षा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
'प्रधानमन्त्री प्रचण्डले घरमा भेटन आउँछु भन्नू भयो मैले हुन्छ भने भेटघाट पारिवारिक मात्रै हो । उहाँले मेरो परिवार को बारेमा सोधपुछ गर्नु भयो हामीले पनि उहाँको परिवार को बारेमा सोधपुछ गर्यौ । पुरानो ४० बर्ष देखीको सम्बन्ध भएकाले यसलाई सामान्य रूपमा लिनुपर्दछ,' भट्ट ले भने,' मैले उहाँलाई बामपन्थी एकता को लागि हाम्रो पार्टी को अध्यक्ष संग कुरा गर्नुस् भनेको छु । उहाँले शान्ति प्रकृयाका काम टुंग्याउन एमाले अध्यक्ष संग कुरो गर्नुपर्यो भन्नू भयो, मैले तपाईं हाम्रो अध्यक्ष संग कुरो गर्नुस् भने । कहाँ कहाँबाट सम्बन्ध बिग्रेको हो छलफल गर्नुस् भनेर मैले भनेको हो ।'
भट्टले आफू कम्युनिस्ट पार्टी बिच एकता को पक्षमा रहेको जिकिर गरे । उनले कम्युनिस्ट पार्टी बिच एकता नभए बामपन्थी शक्ति कमजोर हुने दाबी गरे । एमाले सुदुरपश्चिमका इन्चार्ज समेत रहेका भट्ट ले पार्टी भित्रको सांगठनिक अराजकता रोक्न र पार्टीलाई सुदृढीकरण गर्न मिसन ग्रासरुट अभियान थालिएको बताए ।
भट्टले पार्टी भित्र ४० बर्ष मुनिका युबाहरु को आकर्षण घट्दै गएकाले संगठन निर्माण गर्दा युवाहरुलाई समेटनु पर्नेमा जोड दिए । युबाहरु को जोश र बृद्दहरु को अनुभवलाई पार्टीमा लगाउन सके पार्टीले नयाँ गति लिने उनको भनाई रहेको छ । भट्ट ले पार्टी भित्र बाह्र र आन्तरिक शक्तिहरु पार्टी कमजोर बनाउन लागि परिरहेको बताए ।
'बर्ष भरी ३६५ दिन एमाले कै रूपमा परिचित हुने तर भोट हाल्ने बेला अर्कैको भैदिने प्रवृत्तिले समस्या हुने गरेको छ । निर्बाचन को बेला टिकट दाबी गर्न त पाइयो तर जब पार्टीले टिकट को निर्णय गर्छ तब सबै लाग्नुपर्ने हो तर यहाँ त्यस्तो देखिएन आफुले टिकट पाए मात्रै ठिक भन्ने हो भने त्यो राजनीतिक हुँदैन ,'भट्ट ले भने ।
भट्ट ले अहिले को गठबन्धन सरकार धेरै दिन नटिक्ने दाबी गरे । उनले यो सरकार बढीमा असोज सम्म जाने र त्यसपछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा नै सरकार बन्ने जिकिर गरे ।