टीकापुर - कैलालीको टीकापुर स्थित टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ ।
अध्यक्षमा नेविसंघका नृप थापासहित उनको सम्पूर्ण प्यानल विजयी भएको छ । थापा ४७५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाएका छन् ।
नागरिक विद्यार्थी समाजबाट भिमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भुपेन्द्र रावलले २३३ मत प्राप्त गरेका छन् । सचिवमा मनिराज भाट ५१० ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धि नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २८७ मत पाए ।
कोषाध्यक्षमा अनिता डंगौंरा थारु ४७४ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिद्धन्द्धि अनेरास्ववियु क्रान्तिकारीका गणेश ओलीले २८४ मत पाएका छन् ।
सदस्यमा नेविसंघकै कुलराज भाट, निशा शाह, प्रदिप कुमार चौधरी, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिए ।
यस्तै समानुपातिक तर्फ नेविसंघले ५३०, नागरिक विद्यार्थी समाले २८१, अनेरास्ववियुले २८८ र अनेरास्वसवयु क्रान्तिकारीले २२६ मत पाएको छ ।
१६ सय १२ विद्यार्थी मतदाता रहेको टीकापुर बहुमुखी क्याम्पसमा हिजो भएको मतदानमा १३ सय ४३ मत खसेको थियो ।