अत्तरिया- कैलालीको अत्तरिया बजारमा बृहत सरसफाई गरिएको छ । देशब्यापी रुपमा बिभिन्न सृजनशिल कार्यहरु गर्दै आएका नेपालका कान्छा सामाजिक अभियान्ता के.पी खनालको नेतृत्वमा बुधबार अत्तरिया बजार आसपास सरसफाई गरिएको हो ।
सरसफाई तथा सरसफाई सम्बधि जनचेतना मुलक कार्यक्रममा अत्तरिया क्षेत्रमा रहेका बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र अत्तरियाका युवायुवतीहरुको सहभागिता रहेको थियो । सरसफाई अन्र्तगत अत्तरिया चोक , पाहाड रोड र अत्तरिया बसपार्क लगाएतका स्थानहरुमा रहेका फोहोर संकलन गरिएको हो ।
सरसफाई कार्यक्रम पश्चात संचारकर्मीसंग छोटो प्रतिकृया दिदै सरसरफाई अभियान्ता के.पी खनालले नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै आफुले देशभर नै सरसफाईको अभियानलाई अगाडी बढाएको बताए । उनले फोहोर संकलन गर्ने भन्दा पनि आफुले दैनिक प्रयोग गर्ने फोहोरका टुक्राहरु इमान्दारिताका साथ डस्टिबनमा लगेर फालेमा देश आफै स्वाच्छ , सफा र स्वास्थ हुने बताए । नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा सुदुरपश्चिमका बिभिन्न शहर र पर्यटकिय स्थलहरुको अझै प्रचार प्रसार हुन नसकेको र फोहोरले दुर्गन्धि बनेको अबस्था ति क्षेत्रमा सरसफाई गरि स्वाच्छताको प्रचार प्रसार गर्ने उध्ेश्यका साथ आफु यस अभियानमा समन्ब्य गरिरहेको उनले बताए ।
उनले आफुले लामो समय काठमाण्डौमा सरसफाइ अभियान चलाईरहदा अब काठमाण्डौ मात्रै केन्द्रित नभएर सुदुरपश्चिममा पनि यस अभियानलाई अगाडी बढाउनुपर्छ र यहाका युवाहरुमा नया जोस जागर ल्याउनुपर्छ भनेर अत्तरिया बजारमा सरसफाई कार्यक्रमको आयोजना गरिएको बताए । पश्चिमको माहाकाली नदीवाट हामीले सरसफाई अभियान सुरु गरेका थियौ , महाकाली नदी , त्याहाको बह्रमदेव , शिवलिङ्गेश्वर लगाएतका त्यहाका बिभिन्न पर्यटकिए क्षेत्रमा सरसरफाई गञ्यौ उनले भने ।
त्यस पछि धनगढीको जाखोर ताल लगाएतका बिभिन्न ठाउहरुमा सरसफाइ गरिको र अब घोडाघोडी ताल , कर्णाली , टिकापुर पार्कका ठाउहरुमा सरसफाई गरिने अभियान्ता खनालले बताए । उनले यो अभियानलाई पुर्वको झापा सम्म लगेर टुङ्गञ्याउने योजना रहेको बताए । साथै उनले अत्तरियामा भएको सरसफाई अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा अन्तमा अत्तरिया युवा ब्यवसायी तथा समाजिक ब्यक्तित्व प्रमोद अधिकारीले समापन मन्तब्य राख्नुभएको थियो ।