धनगढी -नेकपा एमालेका नेता भीम रावलले अछाममा हिजो भएको घटना स्वभाबिक भएको बताएका छन । आज (मंगलबार) कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरेर उनले आफु बिरुद्द त्यँहा पुगेका एक नेताले बोलेपछि एमालेकै कार्यकर्ताहरुले बिरोध गर्नु जायज भएको तर्क गरे ।
'साँफेबगर नगरपालिका वडा नम्बर ६ को बासिन्दा हुँं म, त्यँहाको नगरकमिटीले निर्णय गरेर पत्र पठाएर मलाई बोलाएको थियो । त्यही पनि बिबाद हुने भए नबोलाउनु होस भनेको हो । तर मेरो वडामा नै हुने कार्यक्रममा मलाई बोलाएपछि म गएको हुँं । त्यहँ गएपछी अब क- कसको निर्देशनमा हो त्यँहाको नगरकमिटीका अध्यक्ष खकेन्द्र कुँवर, जिल्ला कमिटीका उपसचिब प्रेम बहादुर महत र जिल्ला कमिटीका संगठन बिभागका प्रमुख प्रकाश बहादुर शाहलाई २४ घण्टे स्पस्टिकरण सोधियो यदपी त्यसमा मेरो नाम थिएन । त्यो पनि बढो चलाकीपूर्ण, गोस्वारा शैलीमा स्पस्टीकरण सोधियो । मलाई आस्चर्य लागेको छ, जुन ब्यक्तीले पार्टी बनायो उसैको कार्यक्रममा सहभागी हुँदा स्पस्टीकरण सोधियो तर पछि त्यँहाको जिल्लाको नेत्रित्वले अब त्यस्तो नगर्ने मिलेर पार्टी बनाउने सहमती गरेर त्यो फिर्ता लिइयो,' रावलले भने।
उनले पार्टी भित्र गम्भिर मतभेद हुँदा पनि कार्बाही स्पस्टीकरण सोध्ने बिधी प्रकृया हुने भएकाले त्यसको समेत ख्याल नगरेर आफु सहभागी कार्यक्रममा आउने नेताहरुलाई स्पस्टीकरण सोध्ने गरिएको आरोप लगाए ।
उनले भने,' हिजो मेरो गाउँमा पार्टीले अहिले जुन सन्चालन गरिरहेको अभियान छ, त्यँहा कार्यक्रम रहेछ । मलाई त्यो कार्यक्रममा पार्टीका उपाध्यक्ष बिष्णु पौडेलले आउँदै छु भनेर खबर पनि गर्नु भएन । त्यो कार्यक्रममा कुनै पनि बिबाद नगर्ने सहमती भएको थियो । तर बोल्ने क्रममा एक जना ब्यक्तीले प्रहारको निशाना म र म सँग रहेका साथीहारलाई बनाएपछि त्यँहा रहेका कार्यकर्ताहरुले त्यस प्रती आपत्ती जनाएको समाचारबाट थाहा भयो । मलाई आस्चर्य लाग्यो अमुक अमुक मान्छेहरुले देशको पक्षमा आवाज उठाउने मान्छेहरुलाई किनारा लाउन अभियान बनाएको रहेको छ भन्ने आभाष हुँदै छ।'
रावलले आफू आजका दिनसम्म पनि एमालेमै रहेको जिकिर समेत गरे ।
‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ। तर तँ अब एमालेको सदस्य बन्न मिल्दैन, तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेटेक घचेट्यै गरेमा एमालेका इमानदार कार्यकर्ता र जनतासँग सोध्नेछु। त्यतिबेला किन घचेटी मागिरहने, उभिनुस् भन्ने जवाफ आएमा नयाँ पाइला चाल्न सक्ने सम्भावना छु, ’ उनले भने।
सोमबार अछाममा एमालेले आयोजना गरेको एक कार्यक्रममा रावलको आलोचना गरेर बोलेपछि तल रहेका रावल निकटका कार्यकर्ताहरुले नाराबाजी तथा कुर्सी तोडफोड गरेका हुन्।
कार्यक्रममा सहभागी एक नेताका अनुसार रावल पक्षधर कार्यकर्ताले कुर्सी हान्दा केहीबेरका लागि कार्यक्रम नै भाँडिएको थियो।
साँफेबगरस्थित खाद्य गोदामको हलमा भएको कार्यक्रम तनावपूर्ण भएपछि नेताहरुले उक्त कार्यक्रम केहीबेरका लागि स्थगित गरेका थिए।