अत्तरिया - सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलालीका २ क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ ।
कैलालीको गोदावरी नगरपालिका २ अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा र धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा आज निर्वाचन हुन लागेको हो ।
निर्वाचन बिहान ८ बजे देखी ४ बजे सम्म मतदान गर्न सकिने छ ।
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन । निर्बाचनमा सभापतीको लागी ५ जना चुनाबी मैदानमा होमिएका छन ।जोशी एमाले र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार भएका छन् । यस क्याम्पसमा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट पुष्पराज सुवेदी नेतृत्वको प्यानल र नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौँबाट भुवन महरा नेतृत्वको प्यानल चुनावी मैदानमा छन् ।
यस्तै २ जनाले स्वतन्त्र टिम सहित उम्मेदवारी दिएका छन ।
यसैगरि ,कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा छन् । यहाँ मिलन विक, खगेद्रप्रसाद अवस्थी, ध्रुवराज न्यौपाने र बमबहादुर विकले पनि उम्मेदवारी दिएका छन् ।
ती दुवै क्याम्पसमा विवादबिच चैत्र ५ गते स्ववियु निर्वाचन रोकिएको थियो ।