अत्तरिया -सुदुरपश्चिम बिश्वबिधालय अन्तर्गत का क्याम्पस हुने स्वबियु निर्बाचन को मिती नजिकिय संगै उम्मेदवारहरुले प्रचार प्रसार तिब्र पारेका छन् । बिद्यार्थी संगठन निकट उम्मेदवार संगै पार्टीका नेताहरू पनि सकृय हुन थालेका छन् ।कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस मा मुख्य तीन उम्मेदवार बिच प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेस निकट नेबिसंघ र माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई जिताउन कांग्रेस र माओवादीका स्थानीय नेताहरु वडा वडामा बिद्यार्थी संग सम्पर्क बढाउन थालेका छन् । जुन प्यानलमा सभापतिका उम्मेदवार भुबन महरा रहेका छन् भने सचिबका उम्मेदवार बम बहादुर बिक रहेका छन् । महरा नेबिसंघ समर्थक बिद्यार्थी नेता हुन भने बिक अखिल क्रान्तिकारी निकट बिद्यार्थी हुन ।
कांग्रेस निकट नेबिसंघमा अहिले खासै बिबाद नरहेकाले र त्यसमाथी अखिल क्रान्तिकारी संग गठबन्धन भएकाले सजिलै चुनाव जित्ने उक्त समूह को आंकलन रहेको छ । उक्त समुहलाई जनमोर्चा निकट अखिल छैटौं ले पनि साथ दिएको छ ।
यस्तै एमाले निकट अनेरास्ववियु ले एकल उम्मेदवारी दिएको छ । सभापतिमा पुष्पराज सुवेदी उम्मेदवार बनेका छन् भने सचिबमा आकाश भट्टराई ले उम्मेदवारी दिएका छन् । अनेरास्ववियुका उम्मेदवारलाई जिताउन माउ पार्टी एमाले का नेताहरु खटिएका छन् । नेकपा एमाले ले संचालन गरिरहेको ग्रासरुट अभियानमा वडा वडा पुग्ने नेताहरुले स्वबियु चुनाव को प्रचार पनि गरिरहेका छन् ।
सभापतिका उम्मेदवार सुवेदी क्याम्पसमा परिपक्व बिद्यार्थी नेताका रूपमा परिचित छन् । बिद्यार्थी का समस्या आफुले राम्रै संग बुझेकाले त्यो समाधान को लागि आफु नेतृत्वमा आउनै पर्ने सुबेदीको जिकिर छ ।
सोही क्याम्पसमा अखिल (क्रान्तिकारी )को तर्फ बाट सभापति को उम्मेदवार बनेका पुष्कर जोशीले पनि बिद्यार्थी संग को सम्पर्क बढाएका छन् । उनको स्वबियु निर्बाचन को लागी तयारी अलि अगाडी देखि नै रहेको बुझिएको छ । बिद्यार्थीहरु बिच लोकप्रिय रहेका जोशीको सांगठनिक शक्ति भने कमजोर रहेको छ । आफू बिद्यार्थीहरु का बिच सधैं रहने भएकाले सबै को भोट आफुले पाउने उनको दाबी छ ।
स्वतन्त्रबाट उम्मेदावारी दिएका लोकराज ओझा 'एल आर' पनि बलिया उम्मेदवारको रुपमा हेरिएका छन् । नेबिसंघबाट नै ओझाले उम्मेदवार बन्न चाहेका थिए । तर माउ पार्टी काँग्रेसले उनलाई उम्मेदवार नदिएपछि उनले टिम सहित स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन । उनको आफ्नो कक्षाका बिधार्थीहरु सँग राम्रो संपर्क रहेको छ। यदपी अन्य कक्षाका बिधार्थीहरुको भोट उनले कती क्यास गर्न सक्छन त्यसमा उनको परिणामा निर्भर हुने बताइएको छ । उनि वडा नम्बर २ का बासिन्दा हुन । २ नम्बर वडामा धेरै बिधार्थी भोटर रहेका छन । उनि कोरोना काल देखी सामाजिक कार्यमा सकृय रहँदै आएका छन् । सामाजिक सन्जालमा सदै अपडेट रहने ओझाले आफु चुनाव जित्ने दाबी गर्दै आएका छन् ।
उक्त क्याम्पसमा चैत्र ८ गते स्वबियु चुनाब हुँदैछ । भोटर बिद्यार्थी को संख्या भने ११ सय ७१ रहेको छ । भोटर को संख्या पहिलो र दोस्रो सेमेस्टरमा अधिक रहेको छ । स्नातकोत्तरमा भने झन्डै ६० बिद्यार्थी भोटर रहेका छन् ।
स्वबियु चुनाब आएपनी धेरै जसो बिद्यार्थीहरुलाई चुनाव ले छोयको छैन । उनिहरुले भोट कसलाई दिने अझै कुनै मानसिकता बनाएका छैनन् ।
क्याम्पसमा अध्यनरत एक बिद्यार्थीले भने - 'सबै उम्मेदवार भोट मागिरहेका छन् । सबैका कुरा सुनिरहेका छौँ तर अहिले नै भोट दिने कुरो फिक्स गरेको छैन । अब हेरुम हाम्रा समस्या कसले हेर्छ उसैलाई भोट दिन्छौ।'