अत्तरिया – निर्माणाधिन मोहना – अत्तरिया ६ लेन अन्तरगत ४ लेन सडक खण्डलाई ६ लेन नै बनाउन पहल शुरु भएको छ । संघिय सांसद एबम पूर्वमन्त्री लेखराज भट्टले राष्ट्रिय योजना आयोगका सदस्य शुशिल भट्ट नेत्रित्वलाई ६ लेनको सडक खण्डको बारेमा जानकारी गराउँदै ४ लेन सडकलाई ६ लेन बनाउन आवश्यक तयारी गर्न आग्रह गरे ।
’पटक पटक यो सडक बनाउने कुरो हुँदैन, सवारी साधन को सँख्या बढदै जान्छ त्यसपछिको चापलाई ४ लेनले धान्न सक्दैन,’ उनले योजना आयोगको टोलीलाई भने – ’६ लेन भित्र थोरै मात्र ४ लेन छ, फेरी त्यो पनि गेटा क्षेत्र जँहा गेटा मेडिकल कलेज, उद्योगधन्दाहरु खुल्ने ठाउँहरुमा ४ लेन बनाएको छ ।’
योजना आयोगका सदस्य शुशिल भट्टले ४ लेनलाई ६ लेन बनाउन आबश्यक छलफल गरेर पहल गरिने बताए ।
१४.२ किलोमिटर रहेको मोहना पुल अत्तरिया ६ लेन सडक अन्तरगत बिभिन्न खण्डमा गरी अहिले १.५२ किलोमिटर सडक ४ लेनको रहेको छ । गेटामा रहेको वन बिभागको कार्यालय देखि मनेहरा पुल सम्म ५०० मिटर सडक ४ लेनमा निर्माण गरिदै भने श्रीलङ्का टोल जाने बाटो देखि पुरानो खप्तड एफएम सम्मको ४०० मिटर क्षेत्रमा ४ लेन सडक निर्माण भईरहेको छ ।
दोस्रो र तेस्रो खण्ड अन्तरगत पर्ने यो सडकको निर्माण गरिरहको राजेन्द्र निर्माण सेवाका ईन्चार्ज प्रयाग राज भट्टले ६ लेन सडकमा ९०० मिटर ४ लेन सडक रहेको बताए ।
त्यस्तै पहिलो खण्ड अन्तरगत मोहना पुल जिरो पोईन्ट देखि २२० मिटर ४ लेन सडक रहको छ भने बोराडाडी नेपाली सेनाको व्यारेका अगाडीको ४०० मिटर गरी जम्मा ६ सय २० मिटर सडक चार लेन रहेको छ ।