अत्तरिया - स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै विद्यार्थीले अध्ययन गर्ने दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा ५ जनाले सभापतीमा उम्मेदवारी दिएका छन । चैत ८ गते हुने निर्वाचनका लागि प्रमुख दुई दलका विद्यार्थी संगठनहरु गठबन्धन सहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेकपा माओबादी निकट (अखिल क्रान्तिकारी) र काँग्रेस निकट (नेबिसंघ)ले संयुक्त प्यानल बनाएका छन । उनीहरु लाई जन्मोर्चा निकट (अखिल छैटौ)ले पनि साथ दिएको छ । उक्त प्यानलबाट सभापतीमा नेबिसंघका भुबन महरा उम्मेदवार बनेका छन भने सचिबमा क्रान्तिकारीका बम बहादुर बिक सचिबका उम्मेदवार रहेका छन। यस्तै सोही प्यानलबाट कोषाध्यक्षमा ज्योती शाहु उम्मेदवार बनेकी छन् ।
सोही क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियु भने एकल प्यानल सहित चुनाबी मैदानमा उत्रिएको छ । जसको सभापतीमा पुष्पराज सुबेदीले उम्मेदवारी दिएका छन् । उक्त समुहबाट सचिबमा आकाश भट्टराई र कोषाध्यक्षमा कल्पना ओझा रहेकी छन् ।
यस्तै बैध निकट अखिल (क्रान्तिकारी) बाट सभापतीमा पुषकर जोशीले उम्मेदवार रहेका छन् । उक्त प्यानलबाट देब नेपाली सचिबका उम्मेदवार बनेका छन् भने कोषाध्यक्षमा प्रयङा बिष्ट रहेकी छन् ।
नेबिसंघबाट टिकट नपाएपछि लोकराज ओझाले स्वत्नत्र प्यानललाई मैदानमा उतारेका छन् । उक्त स्वतन्त्र समुहलाई राप्रपा निकट बिधार्थी संगठन र राष्ट्रिय स्वतन्त्र पार्टी निकट बिधार्थीहरुले समर्थन गर्ने बुझिएको छ । जसको सचिबमा दिनेश प्रसाद बडु र कोषाध्यक्षमा देबकी बोहरा रहेकी छन् ।
यस्तै उक्त क्याम्पसमा अर्को स्वतन्त्र समुहले पनि उम्मेदवारी दर्ता गरेको छ । जसको सभापतीमा सरोज ठगुन्नाले उम्मेदवारी दर्ता गरेका छन् । उक्त समुहमा सचिबको उम्मेदवार मनोज दाहाल र कोषाध्यक्षमा निर्मला साउँद बनेका छन् ।
यस्तै सदस्यको लागी ३३ जना उम्मेदवार बनेका छन् । उम्मेदवारी दर्ता भएपछि अहिले उम्मेदवारहरु प्रचार प्रसारमा ब्यस्त रहेका छन् । उनिहरु बिधार्थीलाई भेटेर,एसएमस र सामाजिक सन्जाल मार्फत आ- आफ्नो पक्षमा भोट माग्न ब्यस्त छन् ।
बिधार्थीको चुनावमा उनीहरुका माउ पार्टीका नेताहरु पनि खटिन थालेका छन् । दैनिक जसो पार्टीका स्थानिय नेताहरु क्याम्पस पुगेर आ- आफ्नो बिधार्थी संगठन निकट उम्मेदवारको पक्षमा माहोल बनाउन थालेका छन् ।
अहिले सबै पार्टीको दोस्रो पुस्ताका नेताहरु दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कै उत्पादनबाट भएका नेताहरु छन् । उक्त क्याम्पसमा यो दोस्रो स्वबियु चुनाव हो ।
पहिलो पटक भएको चुनावमा उक्त क्याम्पसमा नेबिसंघका योगेश भट्ट सभापती बनेका थिए । भट्ट अहिले नेपाली काँग्रेस गोदावरी नगरकमिटीका सचिब हुन ।
भट्ट संग पराजित भएका अनेरास्वबियुका आनन्द भट्ट अहिले नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुन स्वबियु चुनावमा उक्त क्याम्पसमा ११ सय ७१ भोटर रहेका छन् ।
यदपी क्याम्पसमा २ हजार बढी बिधार्थी अध्यनरत रहेका छन् ।