कैलाली(गेटा) -नेकपाका नेता लेखराज भट्टले निर्माणाधिन गेटा मेडिकलले गुणस्तरिय सेवा दिन सके छिमेकी मुलुक भारतबाट धेरै बिरामीलाई नेपाल भित्र्याउन सकिने बताएका छन् । 'अहिले सम्म यता नेपालबाट उता भारत जाने ट्रेण्ड बढि थियो तर अब यता गुणस्तरिय सेवा सुबिधा दिन सके उताका लाई यता भित्र्याउन सकिछ।,' सोमबार गेटा मेडिकल कलेज को भौतिक पूर्बाधार निर्माणको प्रगतिको अबलोकन गर्दै नेता भट्टले भने - 'यसको भबिष्य राम्रो छ, शुरुमा पनि यसको निर्माणको लागी ठुलै लँडाई लडनु परेको हो,अब पनि प्रतिष्ठानमा लैजान दबाब दिनु आबश्यक छ।'
राष्टिय योजना आयोगका सदस्य शुशिल भट्ट सहित मेडिकल पुगेका नेता भट्टले मेडिकल कलेजमा जाने कि प्रतिष्ठानमा जाने भन्ने बिबादको अर्थ नरहेको बताए । शिक्षा मन्त्रालयले भने एकिकृत प्रतिष्ठान बनाउने बिधेयक अगाडी बढाएको छ । अब सन्चालनमा आउने नयाँ मेडिकल कलेजहरुलाई एकिकृत प्रतिष्ठान बनाएर त्यही मातहत ल्याउने तयारी गरेको छ ।
जस अन्तरगत बर्दिबास , बुटवल ,सुर्खेत र गेटा मेडिकल कलेज रहने छन् । तर यो प्राबधान आफुहरुलाई मान्ने नहुने भट्टको भनाई रहेको छ । उनले यसलाई स्वास्थ बिज्ञान प्रतिष्ठानमा नै लैजाने पहल गर्नु पर्ने बताए । 'अन्यत्र स्वायत्त प्रतिष्ठान बनाउने तर सुदुरपश्चिममा बनेको मेडिकल कलेजलाई एकिकृत भित्र राख्ने कुरो हुँदैन,' नेता भट्टले भने - 'बरु जनशक्ती उत्पादन गर्ने कुरो लाई शिक्षा मन्त्रालयमा राख्ने र यसको कार्यान्वयन पक्षलाई स्वास्थय मन्त्रालय अन्तर्गत राख्न सकिने सुझाब मैले शिक्षामन्त्रीलाई सुझाब दिएको छु ।'
उनले मेडिकल कलेज अरुको जग्गामा भएकाले त्यँहा बस्दै आएका कमैयाको ब्यबस्थापन र गेटा आँखा अस्पातल जाने बैकल्पिक बाटो बनाउने कार्यलाई पनि चाँडो टुङो लगाउनु पर्ने बताए । कलेजको भौतिक पूर्बाधारको प्रगतिको बारेमा मेडिकल कलेज पूर्बाधार निर्माण बिकास समितीका सदस्य सचिब भिम साउँदले पूर्वमन्त्री भट्ट सहितको टोलीलाइ अबगत गराएको थियो ।
उनका अनुसार अहिलेसम्म सम्पूर्ण भौतिक प्रगती ७० प्रतिशत काम सकिएको छ भने पूर्ण संरचना बनेर कलेजको पढाई र अस्पताल शुरु हुन अझै १ बर्ष लाग्ने छ । झण्डै ५१ हेक्टर क्षेत्रफल जग्गा रहेको सो मेडिकल कलेजको लागी भ्याट बाहेक ३ अरब ४८ करोडमा २३ वटा भबनहरु निर्माण भईरहेका छन् ।