अत्तरिया - नेकपा एमाले को ग्रासरुट अभियान अन्तर्गत आज गोदावरी -१ मा पार्टी सुधृढीकरण तथा बिस्तार अभियान सम्पन्न भएको छ ।
वडा कमिटीका अध्यक्ष गणेश महराको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले)का केन्द्रिय सदस्य एबम अभियानको लागी पार्टी केन्द्रले खटाएका प्रतिनिधि लाल बहादुर थापा रहनु भएको थियो । यस्तै कार्यक्रममा सुदुरपश्चिमका अध्यक्ष दामोदर भन्डारी , प्रदेश कमिटी सदस्य हेमन्त पौडेल , जिल्ला कमिटी सह- सचिब लोकेन्द्र शाही , गोदावरी नगरकमिटी का अध्यक्ष गोकर्ण भट्ट लगाएको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागी स्थानिय नेता कार्यकर्ताहरुले पार्टीलाई सुधृढीकरण गर्न केन्द्रिय नेताहरुमा नै सुधार आउनु पर्ने सुझाब दिएका थिए। उनिहरुले स्थानिय संघ प्रदेशको निर्बाचनमा पार्टी भित्र अन्तरघात गर्नेलाई कुनै कार्बाही नभएको भन्दै नेताहरु प्रति आक्रोस पोखेका थिए ।
यस्तै कार्यक्रममा वडा नम्बर एकका अगुवा नेता कार्यकर्ताहरु को सहभागीता रहेको थियो । कार्यक्रम को उदेश्यको बारेमा प्रदेश कमिटी सदस्य हेमन्त पौडेल ले जानकारी गराएका थिए ।
वडा नम्बर एक एमाले सचिब लेखराज भट्टको गृह वडा पनि हो । २०७४ मा वडा नम्बर एकबाट स्थानीय चुनाबमा तत्कालीन माओवादी हाल एमाले का जिल्ला कमिटी सदस्य शर्मानन्द भट्ट बिजयी भएका थिए । तर २०७९ को स्थानीय निर्बाचनमा भने नेपाली कांग्रेस का गोपाल दत्त भट्ट वडा अध्यक्षमा बिजयी भएका थिए।
पूर्व माओबादी समुह भनेर लखेटन खोजे त्यो स्विकार गरिन्न : नगरकमिटी अध्यक्ष भट्ट
नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टले पार्टीलाई एकता बनाएर लैजान मुल नेतृत्व नै पहल लिनुपर्ने बताए ।
'समस्या कहाँ कहाँ छन् पहिचान गरौ सुधर्नु पर्ने को को हो समिक्षा आत्म समिक्षा गरौ। तर पार्टी भित्र बसेर गद्दारी गर्ने छुट कसैलाई पनि छैन,' भट्टले भने,' एमाले जनताको रोजाइमा पहिलो पार्टी हुँदाहुँदै पनि गोदावरी मा किन हार ब्यहोर्नु पर्यो ? त्यसको लेखाजोखा गर्नुपर्दैन नेताहरुले यो वा त्यो बाहानामा आ आफ्ना मान्छे च्यापन खोज्दा समस्या आएको छ ।
उनले भने ,' एमाले भित्र पूर्व माओबादी समुह भनेर लखेटन खोज्ने प्रवृत्ति अझै रहेकाले त्यो सच्चाउनु पर्यो । त्यो स्विकार गर्न सकिदैन । हामी त एकताबाट नै मुल नेतृत्व केपी ओलीलाई मानेर समाहित भएका हौँ।'
उनले गोदावरी -१ मा नेताहरुले अनाबश्यक खेल्न खोज्दा त्यसको असर सबै ठाउँमा परेको तर्क गरे ।