अत्तरिया -नेकपा एमालेका केन्द्रिय सदस्य लाल बहादुर थापाले 'मिसन ग्रासरुट' अभियानमा इम्मान्दारीताका साथ लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आईतवार गोदावरी -१ मा भएको अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अहिले को अभियान मार्फत पार्टी भित्र को अराजकतावाद को बारेमा अध्यन गर्ने र पार्टीलाई सुदृढकरण अनि संगै शुद्धीकरण गर्ने यसको मुख्य लक्ष रहेको उनको भनाई छ ।
'यदि नेता बन्नु छ भने पार्टीले खटाएको ठाउँमा जानू पर्यी । जनता संग जोडिनु पर्यो , वडा नगर गाउँ गाउँ सम्म पुग्नु पर्यो,' थापाले भने,' पार्टी भित्र बेमल होला , नेताहरु को बीचमा असमझदारी होला त्यो कुरा पनि रिपोर्ट को रूपमा आउनु पर्यो ।
उनले स्थानीय नेता कार्यकर्ताहरु बिच एकता भएको ठाउँमा स्थानीय संघ र प्रदेश को चुनाव जितिएको तर जहाँ बेमल छ त्यहाँ चुनाब हारिएको जिकिर समेत गरे ।
'हामि यत्रो घेराबन्दी को बाफजुत पनि नेकपा एमाले लोकप्रिय मतमा पहिलो पार्टी बनेको छ । त्यसैले भोलि को निर्बाचनमा कसैले पराजित गर्न नसक्ने खाल को पार्टी बनाउनु पर्छ,' थापाले भने,' पार्टीले संचालन गरेको यो मिसनले पनि जनता को संदेश के छ त्यसलाई बुझ्न र बुझाउन सजिलो हुन्छ।'
थापाले प्रधानमन्त्री प्रचण्डको कारण देश फेरी राजनितिक अस्थिरता गएको बताए ।
'प्रचण्डले के कारण ले प्रधानमन्त्री बन्दा एमाले सँग सहमती गरे किन फेरी सहमतीबाट भागे के त्यो प्रचण्डले भन्न सक्छन् त ? अब यसको असर कहाँ सम्म पुग्यो , कहाँ सम्म तरंग गयो त्यसको परिणाम देखिदै छन् । मुलुक को परिस्थितिले बामपन्थी एकता खोजे पनि प्रचण्ड को अस्थिर चरित्रको कारण देश फेरी भुमरी मा जाने संभावना रहो', उनले भने ।