कैलाली - १०औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेको कैलालीमा ११ औँ पटकको अभियान जारी छ।
अभियान सञ्चालन भएको १५ औँ दिनसम्म ८०.०७ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले कैलालीले दिएको जानकारी अनुसार कुल जनसंख्याको ७ लाख ४२ हजार २ सय ७ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका हुन्।
जिल्लामा नौ लाख २६ हजार ८९० जनसङ्ख्या रहेकोमा हालसम्म ८०।०७ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाइसकेको जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोग फोकल पर्सन मीनबहादुर धामीले बताए ।
१० औं पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेको कैलालीमा ११ औं पटकको अभियान जारी छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मोहन्याल गाउँपालिकामा १८ हजार ७८४,चुरे गाउँपालिकामा १७ हजार ६४५, गोदावरी नगरपालिकामा ८३ हजार ७३५, गौरीगंगा नगरपालिकामा ५३ हजार २०३ जनाले औषधि खाएका छन् ।
यसैगरी, घोडाघोडी नगरपालिकामा ६५ हजार ७८२, बर्दगोरिया गाउँपालिकामा ३३ हजार १९७, लम्कीचुहा नगरपालिकामा ७३ हजार ३८१, जानकी गाउँपालिकामा ३७ हजार २३७ जनाले औषधि खाइसकेको जनाइएको छ ।
यस्तै, जोशीपुर गाउँपालिकामा ३० हजार ४५०, टीकापुर नगरपालिकामा ८० हजार २३६, भजनी नगरपालिकामा ४४ हजार २४७, कैलारी गाउँपालिकामा ४१ हजार ४ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन् ।
दुई लाखभन्दा बढी जनसंख्या रहेको धनगढी उपमहानगर पालिकामा एक लाख ६३ हजार ३०६ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाइसकेका छन् । जान्ने, बुझ्ने र शिक्षित मान्छेले नै हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिने परिपाटी रहेको जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोग फोकल पर्सन धामीले बताए ।
हात्तीपाइलेविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप
सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि पाँच दिन थप गरेको छ । फागुन २५ गतेसम्मका लागि मात्र तोकिए भएपनि अब फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।