डडेल्धुरा – सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पहिलो पटक ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा शिव शिखर कृर्षि सहकारी संस्थाले गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो ।
उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै गार्डेन मार्ट सञ्चालनमा ल्याएको शिव शिखर कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक थानेश्वर जोशीले जानकारी दिए । डडेल्धुरामा पहिलो पटक यो अभ्यास गरिएकाले सबैको साथको खाँचो रहेको उनले बताए ।
सोमबार डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक दधीराम न्यौपाने, जिसस प्रमुख गणेश भट्ट, अमगढी नगरप्रमुख विशेश्वर प्रसाद ओझा लगाएतकाले सामूहीक रुपमा रिबन काटेर पानसमा बत्ती बाल्दै उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, नागरिक समाजका अग्ुवा, सञ्चालक संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
गार्डेट मार्टमा दैनिक उपभोग्यका सामाग्री, बच्चाका खेलौना, कृषि औजार, भाडा वर्तन, श्रृङ्गारका सामाग्री सस्तो मूल्यमा उपलब्ध गराईने संस्थाका प्रबन्धक जोशीले बताए । गार्डेन मार्ट शिव शिखर सहकारी संस्था संगैको भवनमा रहेको जोशीले जानकारी दिए ।