धनगढी - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवको पदस्थापन गरेको छ ।
बढुवा भएर अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई मन्त्रालयले मंगलबार साँझ पदस्थापन गरेको हो ।
जस अनुसार गोदावरी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत को रूपमा आस्विनकुमार पोखरेल आउने भएका छन् ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट बिरुद्ध अक्तियारमा उजुरी परेपछि शिक्षा शाखा प्रमुख बसन्तकुमार खत्रीले प्रमुख प्रशासकिय को कार्यभार सम्हालेका थिए ।
उनको जागिर अबधि अब ६ महिना मात्रै बाँकी रहेको छ ।
यस्तै प्रदेश का अन्य पालिकाहरुमा महाकाली नगरपालिका दार्चुलामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा धर्मराज न्यौपाने, पाटन नगरपालिका बैतडीमा ओमप्रसाद पाण्डे, बुढीगंगा नगरपालिका बाजुरामा पदमलाल छामिछाने, लम्की चुहा नगरपालिका कैलालीमा जगदीश अर्याल आउँदैछन्।
त्यस्तै पर्शराम नगरपालिका डडेल्धुरामा पदमप्रसाद अर्याल, साँफेबगर नगरपालिका अछाममा डुबिन्द्रप्रसाद बराल, शिखर नगरपालिका डोटीमा पुरुषोत्तम घिमिरे तथा पूर्चौडी नगरपालिका बैतडीमा नवराज ढकाल प्रमुख प्रशासकीय अधिकृत रुपमा आउने भएका हुन्।