काठमान्डौ - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय संसद भवन पुगेर पौडेलले शनिबार दिउँसो सवा २ बजे उम्मेदवारी दर्ता गरएका हुन् । पौडेलले संसद्मा रहेका आठ दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले उम्मेदवारी दर्ता गराउँदा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरू संसद भवनमा उपस्थित थिए ।
पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।
पौडेललाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राजमोको समर्थन ।