धनगढी - बैँकहरुले गरेको ब्याजदर वृद्धि को बिरोधमा कैलाली उद्योग बाणिज्य संघको अगुवाईमा आन्दोलनको घोषणा गरिएको छ । धनगढीमा संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न माग सहित आन्दोलन गर्ने चेतावनी दिएको हो ।
कैलाली उद्योग बाणिज्य संघका १० बुँदे मागहरु यस्ता छन् :
१.ब्याजदर, निक्षेप ब्याजदर बढाउदैमा निक्षेप बढेन । अतः उद्योगका लागि एक अंकमा नहुने र व्यापारमा १ २ प्रतिशत मात्र थप गरी लगानी योग्य पूजीको शिघ्र व्यवस्थापन माग गर्दर्छाै ।
२.बैंकहरुले खर्च न्यून गरि स्पेड दर ३ प्रतिशत भित्र रहि जोखिमका आधारमा बढीमा २ प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्थाको माग गर्दछौ ।
३. बैंकले सेवा शुल्क कर्जा स्वीकृत शुल्क एल -सी नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाइ अन्तः गरि गत बर्षको भन्दा बढी लिन नपाइने माग गर्दछौ ।
४.हाल भएका कर्जाैहरुलाइ यस आर्थिक बर्ष सम्म पुनःतालिकरण गरि व्याज बुझाउने म्याद ३५ दिन सम्मलाइ नियमित मान्ने र लिलाम गर्ने प्रक्रियालाइ हाल स्थगित गर्न माग गर्दछौ ।
५. हाल बाह्य र आन्तरिक कारणको समय उपयुक्त नभएकाले चालु पुर्जी कर्जा निर्देशिका स्थगितको माग गर्दर्छौ ।
६.कर्जा भएको व्याजदर अविलम्ब एकल अंक हुने गरि घटाउन व्यवसायीहरुलाइ मानसिक तनाब दिने प्रवृतिको अन्त्य गर्न किस्ता रव्याज तिर्ने समयसिमा बढाउन माग गर्दछौ ।
७.बिभिन्न शिर्षकमा दिइने सेवा शुल्कलाइ पारदर्शी र मानसिव बनाउन कर्जाको ब्याजदर पुनसंरचना गर्न माग गर्दछौ ।
८.बैंक तथा वित्तिय संस्थाले अगाडि बढाएका धितो लिलामीका प्रक्रियाहरु तत्काल रोक्न माग गर्दछौ ।
९.कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न बिशेष कार्यक्रमको व्यवस्था गर्न एवंम पर्यटनलाइ प्राथमिकता प्राप्त क्षेत्र घोषण गरी सो क्षेत्रमा कर्जा प्रवाह गर्न जोडदार माग गर्दछौ ।
" कुल निक्षेप नबढे पनि निक्षेपवमा व्याज बढाउनु आधारदर बढेको भन्दै यो ६ महिना भित्र कर्जा व्याजदर दोब्बर बनाइनु बाट अधिकारी व्यापार विस्थापित हुन पुगेको र अनाधिकृत व्यापारले प्रश्रय पाएको यथार्थ छ । अतः बैंक श्रmणी र निक्षेपकता सबै बाह्य परिस्थितिका कारण पनि एक अर्कालाइ सहयोग गदै वाच्नु पर्ने यथार्थ हो । अतः हाम्रा मागहरु यथाशिघ्र पुरा होस भनि हामी सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौ र सम्मानियर प्रधानमन्त्री ज्यू मातहतका निकायलाइ यथाशिघ्र निर्देशन गरी व्यापारी र निजिक्षेत्रलाइ सहजताका लागि अनुरोध छ । " उक्त माग पत्रमा भनिएको छ ।
उक्त आन्दोलनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, हार्डवेयर व्यवसायी संघ, होलसेल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, व्युटि पार्लर व्यवसायी संघ, तरकारी तथा फलफुल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसेसनले एक्यवद्धता जनाएका छन ।