धनगढी -नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु)को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन्।
गत २ फागुनबाट काठमाडौंमा भएको २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको मतदानबाट बडाल अध्यक्षमा विजयी भएका हुन्। उनी संगठनका निवर्तमान महासचिव समेत हुन्।
७ वर्षपछि भएको अनेरास्ववियुको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयनको प्रयास विफल भएपछि विद्युतीय मेसिनबाट मतदान भएको थियो।
निर्वाचनमा निर्वाचनमा १५१७ मत खसेको थियो। महासचिवमा नरेश रोकाया विजयी भएका छन् भने कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।
त्यस्तै, उपाध्यक्ष्मा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा बिष्ट विजयी भएका छन्। सचिवमा सञ्जिव धिताल, दिपक धामी, डा. सुजन कँडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं, आशीर्वाद सुवेदी, अञ्जना सिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले विजयी भएका छन्।
उपाध्यक्षद्वय गिरी,बिष्ट सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्दछन । यस्तै महासचिब रोकाया र सचिब धामी पनि सुदुरपश्चिम कै हुन ।
सुदुरपश्चिमबाट नै स्थायी कमिटीमा अमित बहादुर महर, रोहित बम,रक्षा बम निर्बाचित भएका छन ।