अत्तरिया - आज १४ फेब्रुअरी, प्रणय दिवस । यस दिन विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाइँदै छ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका छन् ।
प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ ।
तर बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रणय दिवस विश्वभरमा नै मनाउन थालिएको छ । नेपालमा पनि पछिल्ला केही वर्षदेखि विशेष गरी युवा युवती माझ प्रणय दिवस मनाउने चलन बढ्दो छ ।
विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवस मनाइन्छ ।
युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।
दिवसका अवसरमा देशका पर्यटकीय ठाँउहरुमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिएको छ । भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ तिर रोमनबाट भएको मानिन्छ । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे।
मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव चाहिन्छ। जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ।
युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन्। भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ।
सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवसका रुपमा भ्यालेन्टाइन डे मनाउने चलन छ ।