अत्तरिया – नेपाल टेलिकमको फोरजी सेवा सुरु भएपनि अत्तरिया क्षेत्रमै पर्ने भरतपुरमा भने नेटवर्क नै नआउने समस्या कायमै रहेको छ ।
असोज १५ गतेबाट नेपाल टेलिकमले देशभरीका बिभिन्न ठाउँसंगै कैलालीको अत्तरियामा पनि फोरजी सेवा सुचारु गरेको थियो ।
तर पहिले देखि नै नेटवर्कको समस्या रहेको अत्तरिया बजार संगै जोडीएको भरतपुरबासीलाई भने ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ जस्तै भएको छ । कैलालीेको गोदावरी नगरपालिका १ भरतपुर टोलमा राम्रोसंग नेटवर्कले काम नगरेको बर्षौ बितिसकेको छ । फोरजी सेवा सुरु भएपछि समस्या हट्ने आशामा बसेका स्थानिय अहिले निरास भएका छन ।
समस्या समाधानका लागि नजिकै रहेको नेपाल टेलिकम क्षेत्रिय निर्देशनालय अत्तरिया कार्यालयले चासो दिन सकेको छैन । बर्षौसम्म टेलिफोन र ईन्टरनेट सेवाबाट हैरानि खेप्न बाध्य बनेका सो टोलका बासिन्दाहरुले सेवा सुधारका लागि माग गरे पनि सुनुवाइ नभएकोे गुनासो गरेका छन ।
नेपाल टेलिकम क्षेत्रिय निर्देशनालय कार्यालयबाट झन्डै ५ मिनेटको पैदल यात्रा भएको ठाउँमा पनि सञ्चार सुविधाबाट वञ्चित भएको भन्दै स्थानिय मदन भण्डारिले गुनासो गरे । उनले पछिल्लो समय ईन्टरनेट तथा , नेटवर्क सेवा सुधारका लागि माग गरे पनि सुनुवाइ नभएको बताए ।
यसअघि समस्या सामाधानका लागि लिखित तथा मौखिक रुपमा टेलिकममा समस्या राखेको भएपनि फोरजी सेवा सुरु भएपछि सामाधान हुने भनेर आलटाल गर्ने गरेको स्थानि शारदा भट्टले बताईन । उनले फोरजी सेवा सुरु भएपनि समस्या सामाधान नभएको बताईन ।
सरकारी स्वामीत्वमा रहेको नेपाल टेलिकमको नमस्ते र स्काईको सिमले काम नगर्दा नागरिकहरुलाई सुचना आदानप्रदानमा समस्या भएको छ । कहिले फोन नलाग्ने फोन लागिहालेपनि स्पस्ट नसुनिने , इन्टरनेट नचल्ने जस्ता समस्याका कारण स्थानियहरु हैरान बनेका हुन ।