रोजगारी लगायतका विभिन्न व्यस्तताले बच्चालाई ६ महिनासम्म पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको हो। राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ र सुआहाराको तथ्यांकअनुसार ६ महिनासम्म आमाको दूध मात्रै खाएका शिशुको सङ्ख्या सन् २०१६ देखि हालसम्मको तुलनामा १० प्रतिशतले घटेको छ।
राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार पूर्ण स्तनपान गराउने सङ्ख्या २०१७ मा ६८ प्रतिशत, २०१८ मा ६९ प्रतिशत, २०१९ मा ७५ प्रतिशत रहेको थियो तर २०२२ मा पुग्दा यो सङ्ख्या घटेर ६७ प्रतिशत पुगेको छ। त्यसैगरी सुहाराको तथ्यांक अनुसार २०१७ मा ६३ प्रतिशत, २०१८ मा ६६ प्रतिशत, २०१९ मा ६९ प्रतिशत र २०२२ मा पुग्दा घटेर ५७ प्रतिशत पुगेको छ।